नेपाली

काठमाडौँमा विद्युतीय सवारी साधन प्रदर्शनी

criPublished: 2022-09-23 15:39:13
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालकै पहिलो ‘ईभी अटो शो’ बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ। ‘अटो शो’ कुम्भ मेलाकै रुपमा चिनिने नाडा अटो शो यस पटक भने ईभी अटो अर्थात् विद्युतीय सवारी साधन शोमा रुपान्तरण भएको हो। यद्यपि, नेपालमा पहिलो पटक आयोजना हुँदै गरेको ईभी शोमा विभिन्न ब्राण्डको उत्साहपूर्ण सहभागिता देखिएको रातोपाटी अनलाइनले लेखेको छ।

असोज ६ गतेदेखि ९ गतेसम्म ४ दिन चल्ने ईभी शोमा ९ वटा चारपाङ्ग्रेसहित एउटा तीन पाङ्ग्रे (अटो), १६ वटा दुई पाङ्ग्रे र अन्य अटो कम्पोनेट गरी कुल ५१ वटा ब्राण्डले सहभागिता जनाएका छन्। जसमा ४ वटा वित्त कम्पनीको समेत सहभागिता छ।

मूल्यका र आकर्षणका हिसाबले पहिलो नाडा ईभी शोमा न्यूनतम् १६ लाख रुपैयाँको गाडीदेखि अधिकतम २ करोड ३० लाख रुपैयाँ मूल्य बराबरको गाडी प्रदर्शन गरिएका छन्।

ग्रीन अटोमोबिलिटी सर्भिस प्रालिले नाडा ईभी अटो शोमा चार पाङ्ग्रे मध्येकै सबैभन्दा सस्तो अर्वन मोविलिटी गाडी ‘सिटी स्प्रीड’लाई उतारेको छ भने विश्व प्रसिद्ध अटोमोबाइल कम्पनी टेस्लाले २ करोड ३० लाख रुपैयाँ मूल्यको मोडल वाई गाडी प्रदर्शनीमा उतारेको छ।

Share this story on

Messenger Pinterest LinkedIn