नेपाली

नेपालमा पछिल्लो पटक आन्तरिक हवाई यात्रुको संख्या बढ्दो

criPublished: 2022-08-07 16:30:27
Share
Share this with Close
Messenger Pinterest LinkedIn

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सन् २०२२ को ६ महिनामा ३७ लाख यात्रुले उडान भरेका छन्। यता सन् २०२१ मा आन्तरिक र अन्तर्राष्ट्रिय गरी करिब ४९ लाख यात्रुले हवाई उडान भरेका थिए। यसरी हेर्दा पछिल्लो छ महिनामा नै आन्तरिक यात्रुको संख्या बढी हो। सन् २०२२ को ६ महिना (जनवरीदेखि जुन) सम्म कुल २२ लाख ९० हजार आन्तरिक यात्रुले हवाई उडान भरेका कारोबार अनलाइनले जनाएको छ।

अन्तर्राष्ट्रियमा भने १५ लाख १४ हजार यात्रुले उडान भरेका छन्। पछिल्लो समय आन्तरिक हवाई यात्रुको संख्यामा उल्लेख्य वृद्धि भएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताउनुभयो। उहाँले भन्नुभयो, “आन्तरिक हवाई यात्रुमा हवाई यात्राको आकर्षण बढेर गएकाले पनि आन्तरिक हवाई यात्रुको संख्यामा वृद्धि भएको छ।” स्थानीय तहको निर्वाचन तथा प्रदेशहरुमा पनि विभिन्न गतिविधि बढेर गएकाले पनि आन्तरिक हवाई यात्रुको संख्यामा वृद्धि भएको जनाइएको छ । सन् २०२२ को ६ महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुल १५ लाख १४ हजार १९१ जना यात्रुले हवाई उडान भरेका छन् । जसमा विमानस्थलबाट बाहिरिनेको संख्या ८ लाख २८ हजार र विमानस्थल भित्रिने ६ लाख ८५ हजार छन् ।

आन्तरिकमा भने कुल २२ लाख ९० हजार हवाई यात्रुले त्रिभुवन विमानस्थलबाट यात्रा गरेका छन्, जुन हालसम्मकै अधिक भएको विमानस्थलका आन्तरिक टर्मिनल प्रमुख पूर्ण प्रसाद चुडालले बताउनुभयो। सन् २०२० मा आन्तरिक १५ लाख यात्रु रहेकोमा २०२१ मा ३५ लाख पुगेको थियो ।

पछिल्लो समय आन्तरिक तथा बाह्य दुवै उडान लयमा फिर्ता हुने क्रममा रहेको छ। कोभिड–१९ का कारण उडान प्रभावित हुँदा यात्रुको संख्यामा कमी आएको थियो ।

विमानस्थल कार्यालयका अनुसार उपत्यकाबाट दैनिक ६ हजार यात्रु उडान भरिरहेका छन् भने सोही संख्यामा यात्रुले उपत्यकामा अवतरण गर्ने गरेका छन् ।

Share this story on

Messenger Pinterest LinkedIn