नेपाली

चिनियाँ राजदूत होउ यानछी र गृहमन्त्री खाँणबीच काठमाडौंमा भेटवार्ता

criPublished: 2022-08-06 16:47:17
Share
Share this with Close
Messenger Pinterest LinkedIn

आगामी मंसीर ४ गतेका लागि सरकारले निर्वाचन घोषणा गरेकोमा चीनले प्रशन्नता व्यक्त गरेको छ । नेपालका लागि चिनियाँ राजदूत हौ यानछिले नेपाल सरकारले बिहीबार मात्रै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणा गरेकोमा चीनले खुसी व्यक्त गरेको जानकारी गराउनुभएको हो।

गृहमन्त्री बालकृष्ण खाणसँगको शिष्टाचार भेटघाट राजदूत हौले जनताको मतबाट प्रतिनिधि चुनिने व्यवस्थाको पक्षमा चीन सदैव रहने उल्लेख गर्दै जनमतबाट आउने नयाँ सरकारसँग सहकार्य गर्न चीन तयार रहेको बताउनुभयो।

गृह मन्त्रालयमा शुक्रबार भएको भेटमा राजदूत हौले नेपालमा हुने विपद्को व्यवस्थापनमा चीन सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो। उहाँले यसै वर्ष चिनियाँ कम्युनिष्ट पार्टीको अधिवेशन हुनलागेको जानकारी पनि गृहमन्त्री खाणलाई गराउनुभएको नेपालसमाज डटकमले जनाएको छ।

भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ बनाउनेबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा गृहमन्त्री खाणले नेपाल एक चीन नीतिको पक्षमा रहेको स्पष्ट पारेको जनाइएको छ।

“नेपाल एक चीन नीतिको पक्षमा छ, नेपालभित्र छिमेकी राष्ट्रविरुद्ध कुनै गतिविधि हुन नदिन हामी प्रतिबद्ध छौँ”, गृहमन्त्रीको भनाइ उद्धृत गर्दै खाणका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिनुभयो।

उहाँले नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहेको पनि बताउनुभयो। अन्य छिमेकी मुलुक र चीनको शान्ति नेपालको हितमा रहेको गृहमन्त्री खाणको भनाइ थियो ।

Share this story on

Messenger Pinterest LinkedIn