नेपाली

समयमै जहाज मर्मत गर्न नसकेपछि नेपाल वायु सेवा निगम उडान रद्द गर्न वाध्य

CRIPublished: 2022-07-31 16:42:39
Share
Share this with Close
Messenger Pinterest LinkedIn

बिहीबारको बोरोस्कोप इन्स्पेक्सन (जाँच) पछि इन्जिनमा समस्या देखिएको न्यारोबडी ‘सगरमाथा’ मर्मत गर्न निगमले सार्वजनिक खरिद ऐन लगायतका नियम अबलम्वन गर्नुपर्ने हुन्छ। तर यसलाई मर्मत गर्न र इन्जिन भाडामा ल्याउन पनि निगमले कुनै तयारी नै गरेको छैन।

‘यो इन्जिन नेपालमा बनाउन सकिँदैन। विदेश लैजानुपर्छ। निगमले मर्मतका लागि इन्जिन कसलाई दिने टुंगो लगाउन सकेको छैन,’ ती इन्जिनियरले भने, ‘यही जहाजको समस्याले टाउको खाइरहेको छ। अर्को ग्राउन्डेड टुइनअटरलाई ध्यान दिनै सकिरहेका छैनौं।’

प्राविधिकहरुका अनुसार इन्जिनमा समस्या देखिएको न्यारोबडीको दायाँ इन्जिन झिकेर अर्को राखेर केही सयम उडानुपर्छ। जहाज ग्राउन्डेड गर्दा निगमले घाटा व्यहोर्ने भएकाले अर्को पार्टीबाट इन्जिन भाडामा लिनुपर्ने हुन्छ। यी सबै गर्न निगमले पहिल्यै तयारी गर्नुपर्थ्यो। ७ महिनाअघि यही जहाजको बायाँ इन्जिनमा समस्या देखिएपछि कतारको दोहामा ७० दिनसम्म ग्राउन्डेड भएको थियो। त्यसताका समयमै मर्मत र इन्जिन भाडामा ल्याउने निर्णय गर्न नसक्दा करिब अढाई महिना दोहामा राख्नुपरेको थियो। अहिले दैनिक २ हजार डलर (२ लाख ५३ हजार रुपैयाँ) तिरेर निगमले भाडाको इन्जिन राखेको छ। उसको आफ्नै इन्जिन मर्मत भइसकेको छैन। यसको दैनिक भाडाबाहेक उडाउँदा प्रति उडान र घन्टाको अतिरिक्त भाडा छुट्टै छ।

निगमका निर्देशकहरुका अनुसार, सरकारको निलम्बनपछि अदालतबाट अल्पकालीन अन्तरिम आदेश ल्याइ निगम फर्केका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आन्तरिक र अन्तर्राष्ट्रिय उडान व्यवस्थापन गर्न सकिरहेका छैनन्। उनी स्पष्टीकरण दिने, मुद्दा मामिलाका लागि भेटघाटमा व्यस्त भएका कारण निगमको दैनिक काममा प्रभाव परेको कर्मचारीहरुले बताएका छन्। ‘कार्यकारी अध्यक्ष कुन बेला अफिस आउनु हुन्छ कुन बेला फर्किनु हुन्छ हामी नै थाहा पाउँदैनौं,’ निगमका एक निर्देशकले भने, ‘कति फाइलमा साइन गराउनुपर्ने हुन्छ। उहाँ आएको थाहा पाउने बित्तिकै कुदिहाल्नुपर्छ।’

निगमसँग आन्तरिक उडानका लागि तीनवटा टुइनअटर विमान छन्। दुईवटा पालैपालो गरेर एक महिनादेखि ग्राउन्डेड छन् भने अर्को 'अल्फा ब्राभो एक्सरे' ग्राउन्डेड गरिएको भोलिदेखि १० वर्ष लाग्दै छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn