नेपाली

वन्यजन्तु–मानव द्वन्द्व न्यूनीकरण गर्न सचेतना आवश्यक रहेको नेपालकी राष्ट्रपतिको भनाइ

CRIPublished: 2022-07-29 17:04:01
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वन्यजन्तु संरक्षणका क्षेत्रमा विद्यमान नीति र कानुनी व्यवस्थालाई प्रकृति संरक्षणको अभिन्न अङ्गका रूपमा कार्यान्वयन गर्न सबैको दिगो सक्रियता आवश्यक पर्ने राष्ट्रपति भण्डारीको भनाइ छ।

उहाँले बाघको संरक्षण र संख्या वृद्धि नेपालको पर्यटन प्रवद्र्धन एवं आर्थिक विकासका लागि महत्वपूर्ण हुने भएकाले संरक्षणका नवीनतम् उपायहरू अवलम्बन गर्दै यसलाई निरन्तरता दिन सम्बद्ध निकाय, जनसमुदाय र संरक्षणकर्मीलाई आह्वान गर्नु भएको छ। राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनले पारिरहेको नकारात्मक प्रभाव न्यूनीकरणका लागि जैविक विविधताको संरक्षण गर्न एवं स्वस्थ पारिस्थितिक प्रणालीको निर्माणमा योगदान गर्ने दुर्लभ वन्यजन्तु बाघको संरक्षणमा अझ ऊर्जाशील भई लागि रहन यस दिवसले सबैमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नु भएको छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn