नेपाली

नेपालमा पाटेबाघको संख्या ३५५ पुग्यो

CRIPublished: 2022-07-29 17:09:24
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालमा पाटेबाघको संख्या दोब्बर नाघेको छ। विश्वबाटै बाघ लोपहुने आशंकाले सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा बाघ पाइने देशहरुले गरेको प्रतिवद्धता अनुरुप नेपालले सन् २०२२ मा लक्ष्य पूरा गरेको अन्नपूर्ण अनलाइनले लेखेको छ।

निकुञ्ज विभागले विश्व बाघ दिवसको अवसर पारेर शुक्रबार काठमा्डौंमा बाघ गणनाको नतिजा सार्वजनिक गर्दै बाघको संख्या उल्लेख्य मात्रामा वृद्धि भएको घोषणा गरेको छ।

नेपालमा गरिएको पछिल्लो बाघ गणनाको नतिजाअनुसार चितवनमा १२८, बर्दियामा १२५, पर्सा ४१, शुक्ला ३६ र बाँकेमा २५ वटा गरी ३५५ वटा पाटेबाघ पुगेको कृष्णसार संरक्षण क्षेत्र कार्यालय गुलरिया बर्दियाका संरक्षण अधिकृत विनयकुमार झाले जानकारी दिए। अघिल्लो गणनाको तुलनामा नेपालमा १२० वटा बाघ बढेको छ।

बाघ संरक्षणको प्रतिवद्धता गर्दा सन् २०१० मा नेपालमा १२१ वटा बाघ थिए। सन् २०२२ को गणनाको नतिजाअनुसार दोब्बरभन्दा ११३ वटा बाघ बढी छन्। बासस्थान व्यवस्थापन, उल्लेख्य आहारा प्रजाती, चोरी शिकार नियन्त्रण र बाघ संरक्षणमा समुदायको सहकार्यले गर्दा बाघको संख्यामा वृद्धि भएको बताइएको छ। पछिल्लो नतिजा अनुसार सन् २०१८ को तुलनामा चितवनमा ३५, बर्दियामा ३८, पर्सा २३, शुक्ला २० र बाँके राष्ट्रिय निकुञ्जमा ४ ओटा पाटेबाघ बढेका छन्।

Share this story on

Messenger Pinterest LinkedIn