नेपाली

नेपालको वैदेशिक व्यापार २१ खर्ब २० अर्ब

CRIPublished: 2022-07-26 17:04:27
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालको वैदेशिक व्यापारले नयाँ कीर्तिमान राखेको छ। भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को वाषिर्क तथ्यांक अनुसार नेपालको वैदेशिक व्यापारको आकार २१ खर्ब २० अर्ब ४७ करोड रुपैयाँ बराबरको भएको छ। यो गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा २६.१५ प्रतिशत धेरै हो। सो आर्थिक वर्षमा वैदेशिक व्यापारको आकार १६ खर्ब ८० अर्ब ९६ करोड रुपैयाँ बराबरको भएको अनलाइन खबरले लेखेको छ।

वैदेशिक व्यापारमा ९.४३ प्रतिशत निर्यातको हिस्सा रहँदा आयातको हिस्सा ९०.५७ प्रतिशत रहेको छ। फलस्वरुप व्यापार घाटा समेत उच्च रहेको छ।

तथ्यांक अनुसार नेपालले आर्थिक वर्ष २०७८/७९ मा १९ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। २ खर्ब रुपैयाँको वस्तु निर्यात गरेको छ। यसले व्यापार घाटा १७ खर्ब २० अर्ब रुपैयाँ बराबरको भएको छ। यो नेपालको वाषिर्क बजेटकै हाराहारी हो।

चालु आर्थिक वर्ष २०७९/८० मा सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ। आर्थिक वर्ष २०७७/७८ मा १३ खर्ब ९८ अर्ब रुपैयाँको व्यापार घाटा थियो। सो आवमा आयात १५ खर्ब ३९ अर्बको हुँदा निर्यात १ खर्ब ४१ अर्ब रुपैयाँको भएको थियो।

नेपालले यस वर्ष निर्यातमा नयाँ कीर्तिमान राखेको छ। गत आर्थिक वर्ष २०७७/७८ मा १ खर्ब ४१ अर्ब रुपैयाँको निर्यात गरी कीर्तिमान राखेको नेपालले आर्थिक वर्ष २०७८/७९ मा भने ४१.७४ प्रतिशत बढी निर्यात गर्दै नयाँ कीर्तिमान कायम गरेको छ। यस वर्ष निर्यात २ खर्ब ३ करोड रुपैयाँको निर्यात भएको छ। यसले व्यापारको हिस्सामध्ये निर्यातको ‘भ्यालू’ १२.३६ प्रतिशतले वृद्धि भएको छ। तर, आयातमा समेत गत आवको तुलनामा २४.७२ प्रतिशतको वृद्धि हुँदा व्यापार घाटामा सुधार हुन सकेन।

यस आवमा नेपालले कुल १९ खर्ब २० अर्ब रुपैयाँको वस्तु आयात गरेको छ। अघिल्लो आव २०७७/७८ मा १५ खर्ब ३९ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn