नेपाली

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि भारतसँग नयाँ हवाई प्रवेश बिन्दुबारे नेपालको छलफल

criPublished: 2022-07-23 15:36:20
Share
Share this with Close
Messenger Pinterest LinkedIn

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि भारतसँग नयाँ हवाई प्रवेश बिन्दु उपलब्ध गराउने विषयमा छलफल भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच शुक्रबार पर्यटन मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा नयाँ हवाई प्रवेश बिन्दुबारे छलफल भएको हो।

नयाँ हवाई प्रवेश बिन्दु उपलब्ध भएमा इन्धन बचत, उडान खर्च र समय घट्नुका साथै हवाई ट्राफिक जामको समस्यासमेत समाधान हुने मन्त्री श्रेष्ठले उल्लेख गर्नुभयो। त्यसपछि राजदूत श्रीवास्तवले नयाँ हवाई प्रवेश बिन्दुको विषयमा छिट्टै निर्णयमा पुग्ने विश्वास मन्त्री श्रेष्ठलाई दिलाउनुभयो । नेपाल र भारतबीच नयाँ हवाई रुट खोल्ने सैद्धान्तिक सहमति भए पनि हालसम्म कार्यान्वयन नहुँदा जेठ २ गतेदेखि सञ्चालनमा आएको गौतमबुद्ध विमानस्थलमा सिमरा प्रवेश बिन्दुबाट मात्रै जहाज नेपाल प्रवेश गर्दै आएका छन् । नेपालले भारतसँग जनकपुर, नेपालगञ्ज, भैरहवा र महेन्द्रनगरको हवाई रुट माग्दै आएको छ । महेन्द्रनगर, नेपालगञ्ज प्रवेश बिन्दु त्रिभुवन विमानस्थलसँगै भैरहवाको गौतम बुद्ध, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि समेत महìवपूर्ण मानिन्छ । यो प्रवेश बिन्दु पश्चिमबाट आउने जहाजका लागि सिधा रुट हो । हाल एउटा मात्रै सिमरा रुट हुँदा नेपाली हवाई आकाश बढी व्यस्त हुँदै आएको छ । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि पनि पश्चिम प्रवेश बिन्दु सहज हुने मन्त्रालयको भनाई छ ।

हाल पश्चिमा मुलुकबाट आएका जहाजहरू सिमराबाट प्रवेश गरेर गौतम बुद्ध विमानस्थलमा अवतरण गर्न ‘यू टर्न’ गर्नुपर्ने अवस्था रहेको छ। दोहा, दुबईलगायत मुलुकबाट आउने जहाज भारतीय भूमिमा फन्को मार्दै सिमरा पुगेर नेपाल प्रवेश गर्दै आएका छन्भने फर्किंदा महेन्द्रनगरको रुटबाट बाहिरिँदै आएका छन् । गत चैतमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसमक्ष थप तीनवटा हवाई रुट उपलब्ध गराउन आग्रह गर्नुभएको थियो ।

गोरखापत्र अनलाइनका अनुसार मन्त्री श्रेष्ठ र राजदूत श्रीवास्तवबीच शुक्रबारको भेटमा भगवान् राम र सीतासँग जोडिएका धार्मिक स्थललाई जोड्ने रामायण सर्किटसम्बन्धी पूर्वाधार निर्माण अघि बढाउनेबारे समेत छलफल भएको छ।

रामायण सर्किटले धार्मिक पर्यटनको प्रवद्र्धनमा सहयोग पुग्ने बताउँदै मन्त्री श्रेष्ठले जनकपुरको धार्मिक तथा पौराणिक महत्त्व झल्काउँदै पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको समयमा समझदारी भएको बृहत्तर जनकपुर क्षेत्र विकाससम्बन्धी परियोजना अघि बढाउनसमेत राजदूतसँग छलफल गर्नुभयो।

Share this story on

Messenger Pinterest LinkedIn