नेपाली

चिनियाँ टनेल बोरिङ मेशिन कुर्दै सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना

criPublished: 2022-07-22 17:18:06
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिजले टनेल बोरिङ मेसिन (टिबिएम) ल्याइनसकेका कारण सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने काम प्रभावित भएको छ। निर्माण व्यवसायी र आपूर्तिकर्ता विदेशी कम्पनीबीचको सम्झौता अनुसार खरिद आदेश भएको १५ महिनाभित्र उक्त मेसिन आपूर्ति गर्ने व्यवस्था रहेको थियो। आयोजना र सुरुङ खन्ने ठेकेदार कम्पनीबीच २०१९ को मेमा ठेक्का सम्झौता भएको थियो। विदेशी कम्पनीले समयमै टिबीएम मेसिन आपूर्ति गर्न नसक्दा सुनकोशी मरिन आयोजनाको सुरुङ खन्ने काम प्रभावित हुँदै आइरहेको छ। महालेखापरीक्षक कार्यालयको ५९औं वार्षिक प्रतिवेदनले तोकिएको समयभित्रै आवश्यक डिजाइन नहुँदा टिबिएम मेसिन ल्याउन ढिला भएको नागरिकन्यूज डटकमले जनाएको छ।

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका सूचना अधिकारी रवि शाक्यले ठेकेदार कम्पनीले तोकिएको समयसीमाभित्रै विदेशबाट सुरुङ खन्ने टिबिएम मेसिन भित्र्याउन नसक्दा सुरुङ खन्ने काम प्रभावित भएको बताउनुभयो।

आयोजना र चिनियाँ ठेकेदार कम्पनीबीच मूल्यअभिवृद्धिकर भ्याटबाहेक १० अर्ब ५ करोड ६८ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौता १३.३ किलोमिटर लामो सुरुङ सन् २०२५ को अगष्ट अर्थात् ५२ महिनाभित्र निर्माण गर्ने सम्झौता भएको थियो। यो सुरुङमार्ग ६.४ व्यास मिटरमा खनिनेछ। कम्पनीले सुरुङ खन्नका लागि आवश्यक पर्ने उपकरण र सामग्री समयमै नजोड्दा तोकिएको समयभित्रै सुरुङको काम सकिनेमा भने आशंका कायमै छ।

Share this story on

Messenger Pinterest LinkedIn