नेपाली

विश्वकै एक्ला आरोही सानु शेर्पा, दोहोर्‍याएर अग्ला १४ हिमालको आरोहण

criPublished: 2022-07-22 17:00:18
Share
Share this with Close
Messenger Pinterest LinkedIn

विहीबार बिहान पाकिस्तानको ८,०३५ मिटर अग्लो गसेर्ब्रुम–२ हिमालकाे आरोहण गरेसँगै संखुवासभाका आरोही गाइड सानु शेर्पा विश्वकै एक्ला कीर्तिमानी आरोहीको रुपमा नाम राख्न सफल हुनुभयो । विश्वमा रहेका ८ हजार मिटर भन्दा अग्ला १४ हिमालको दोहोर्‍याएर आरोहण गर्ने उहाँ पहिलो आरोही हुनुभएको छ ।

संखुवासभाको मकालु गाउँपालिका–१ स्थायी घर भएका ४७ वर्षीय सानु शेर्पा केही वर्षयता विश्वकै १४ अग्ला हिमाललाई दोहोर्याएर चढ्ने अभियानमा जुट्नु भएको थियो । यो सपना उहाँले पुरा गर्नुभएको छ । यसै वर्षमात्र उहाँले मकालु र कञ्चनजंग हिमालको पनि दोहोर्‍याएर आरोहण गर्नुभएको थियो ।

सन् २००५ मा काठमाडौँ आएर ट्रेकिङ भरियाको रूपमा काम गर्ने मौका पाएका सानुले पहिलो पटक सन् २००६ मा ८ हजार मिटर भन्दा अग्लो हिमाल चोयूको आरोहण गर्नुभएको थियो । त्यसपछि प्रत्येक वर्ष उहाँको जीवन हिमालमै वित्यो। आठ हजार मिटर अग्ला हिमाल नेपालमै १४ वटा गरी विश्वभर २० वटा रहेपनि नेपालका आठ वटालाई मात्र इन्टरनेश्नल क्लाइम्विङ एण्ड माउन्टेनेरिङ फेडेरेसनले मान्यता दिएको छ । तर नेपाल सरकारको तथ्याङकमा भने १४ वटानै कामय गरिएको छ । देश तथा विदेशी कम्पनीमात्र नभएर उहाँले विशेष गरी पायोनियर एड्भेन्चर ट्रेकमा रहेर उहाँ आरोहण गर्दै आउनुभएको गोरखापत्र अनलाइनले जनाएको छ।

सालिन र शान्त स्वभावको सानु शेर्पा आफुले विश्वमै पहिलो कीर्तिमान राख्न सफल भएपनि चर्चा बटुल्ने प्रसाय भने पटक्कै गरेनन् । उहाँ भन्नुहुन्छ, मिडियाबाजी गरेर हुने केही होइन, आफ्नो क्षमता र दक्षताको सम्मान आफुले पाउनेमा म विश्वास्त छु । कीर्तिमानका लागि वास्तविक आरोही भन्दा पनि चर्चामात्र बटुल्ने नवआगन्तुक आरोहीहरुले हिमाललाई वदनाम गर्ने गरेको भन्दै यस्ता गतिविधिलाई राज्यले नियन्त्रण गर्नुपर्ने उहाँले सुझाव छ ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn