नेपाली

जयनगर–जनकपुर कुर्था रेल सेवालाई थप विस्तार गरिँदै

criPublished: 2022-07-21 17:53:48
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सरकारले जयनगर–जनकपुर कुर्था रेल सेवा सञ्चालनमा आएपछि थप सेवा विस्तारको तयारी सुरु गरिएको छ । सम्भवतः साउन ३० गतेदेखि रेलको थप सेवा विस्तारको सुरुवात गर्ने गरी तयारी थालिएको जनाएको छ ।

राष्ट्रिय गौरवको आयोजनामध्येको रेल सेवा जयनगर–जनकपुर कुर्थासम्म सञ्चालन भइरहेको रेल सेवा अब बिजलपुरासम्म थप सेवा विस्तारको तयारीमा लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले जानकारी दिनुभयो। कुर्थादेखि १७.५ किलोमिटर रेल सञ्चालनको लागि लिक (पटरी) होल्ट, स्टेशनलगायतका भौतिक पूर्वाधार संरचना तयार भइसकेको छ, उहाँले भन्नुभयो, १५ अगस्तका दिन सेवा प्रारम्भ गर्नेबारे नेपाल–भारतका उच्चपदस्थ पदाधिकारीबीच कुराकानी सुरु भइसकेको छ । तर, थप सेवा उद्घाटनको मिति टुङ्गो लागिसकेको छैन । यसअघि कुर्थादेखि बिजलपुरासम्म रेलको भौतिक पूर्वाधारका संरचना नेपाल सरकारको रेल्वे कम्पनीलाई हस्तान्तरण गरिनुपर्ने भएकोले त्यो प्रक्रिया पनि अगाडि बढिसकेको उहाँले बताउनुभयो ।

भारतीय इर्कन कम्पनीले करिब तीन करोड नेपाली रुपियाँ लागतमा बिजलपुरा खण्डको रेल मार्गको भौतिक पूर्वाधार संरचना निर्माण गरेको उहाँले जानकारी दिनुभयो । यस मार्गमा रेल सेवा सुरु भएपछि बिजलपुरादेखि बर्दिवाससम्म १८ किलो मिटर रेलको भौतिक पूर्वाधार संरचनाको काम सुरु हुने उहाँले बताउनुभयो। सन् २०१० मा भारत सरकारको आर्थिक सहयोगमा रेल सञ्जाल विस्तार गर्न भारत सरकारसँग सम्झौता भएको थियो ।

भौतिक पूर्वाधार तथा रेल्वे लिक निर्माणको ठेक्का पाएका भारतीय इर्कन इन्टरनेसनल कम्पनीले सन् २०११ माघ महिनादेखि निर्माण थालिएको थियो। जयनगरदेखि बर्दिवाससम्म ७० किलोमिटर छ ।

गत चैत १९ गते भारतको दिल्लीस्थित हैदराबाद हाउसबाट प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा जयनगर–जनकपुर कुर्था रेल सेवाको भर्चुअल माध्यमबाट हरियो झण्डा देखाएर उद्घाटन गर्नुभयो । त्यस दिनदेखि जयनगर–जनकपुर कुर्थासम्म ३४.९ किलोमिटर नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ । अब बिजलपुरासम्म रेल सेवा सुरु भएपछि यसको सेवा ५२.४ किलोमिटर हुनेछ । बिजलपुरादेखि बर्दिवाससम्म १८ किलोमिटर रेल सञ्चालनको भौतिक पूर्वाधार र लिक निर्माणको काम बाँकी छ ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn