नेपाली

काठमाडौंमा १७ घण्टापछि रोकियो ग्याससँग निस्किएको बालुवाको लेदो

criPublished: 2022-07-20 15:57:15
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मंगलबार बिहान १० बजेदेखि जोरपाटीको लोसेटारस्थित सन्तकुमार लामाको घरबाट ग्याससँगै निस्किएको बालुवाको मुस्लो करिब १७ घण्टापछि रोकिएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ स्थित लामाको घरबाट बोरिङ खनेर पाइप हाल्ने क्रममा एक्कासी निस्किएको ग्याससहित लेदोको मुस्लो बुधबार बिहान सवा ३ बजे रोकिएको वडाध्यक्ष नारायण सुवेदीले जानकारी दिनुभयो।

'राति ३ बजेर १५ मिनेटमा बन्द भयो । अहिले अवस्था सामान्य छ । ' लोसेटार टोलमा अहिले आगमन सहज बनाइएको उहाँले जानकारी दिनुभयो।

रातिसम्म मुस्लो निस्कने क्रम नरोकिएपछि नेपाली सेनाको टोलीले त्यस क्षेत्र आसपासका ५० मिटर नियन्त्रणमा लिएर प्रवेश निषेध गरेको थियो।ग्याससहित लेदो निस्किएको ठाउँमा अहिले एक वर्ग फिटको खाल्डो बनेको वडाध्यक्ष सुवेदीले जानकारी दिनुभयो।

त्यस ठाउँमा अहिले हिलो थुप्रिएको छ। लेदोसहितको ग्यास निस्कँदा सय मिटर वरिपरिको क्षेत्र प्रभावित भएको उहाँले बताउनुभयो। लेदो हटाउनका लागि नगरपालिकाले तयारी गरिरहेको उहाँले जानकारी दिनुभएको कान्तिपुर अनलाइनले जनाएको छ।

Share this story on

Messenger Pinterest LinkedIn