नेपाली

रसुवास्थित लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्दो

criPublished: 2022-07-19 18:00:05
Share
Share this with Close
Messenger Pinterest LinkedIn

रसुवाको लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढेको छ। कोरोनाको कारण लामो समयसम्म सुस्ताएको पर्यटन व्यवसाय विस्तारै लयमा फर्कन थालेको हो। लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा पर्यटकको आगमनमा सुधार भएको छ। गएको एक वर्षमा निकुञ्जमा १८ हजार भन्दा बढी पर्यटकको आगमन भएको छ। तथ्यांकअनुसार एक वर्षमा १८ हजार ६५१ पर्यटक निकुञ्जको विभिन्न क्षेत्रमा पुगेका छन्। जसमा सबैभन्दा बढी नेपाली छन्। कोरोनाको कारण विदेशी पर्यटकको आगमन कम हुँदा नेपाली पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको हो।

कोरोना भन्दा अगाडि विदेशी पर्यटक संख्यामा वृद्धि हुँदै गएको थियो। गत वर्ष २ हजार ७८८ विदेशी र २ सय २४ जना सार्क राष्ट्रका पर्यटक थिए। निकुञ्ज आएका पर्यटकमध्ये पर्यटकीय क्षेत्र लाङटाङ, धार्मिकस्थल गोसाइँकुन्ड र तामाङ सम्पदा मार्गको अध्ययन, अवलोकन गर्न पुग्ने गरेका छन्। साउनदेखि असोजसम्म निकुञ्जमा कम पर्यटक आउँछन्।

असोज १५ गतेदेखि कार्तिक मसान्त र चैतदेखि वैशाख अन्तिमसम्म बढी पर्यटक आउने गरेका कार्यालयले जनाएको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले पछिल्लो समय पर्यटकको आगमन बढेको बताउनुभयो।इजरायल, फ्रान्स, क्यानडा, जापान, इटली, अमेरिका, थाइल्यान्ड, बेलायत, रसिया, स्पेन, उरुग्वे, कोरिया, सिङ्गापुर लगायतका देशबाट पर्यटक आउने गरेका अन्नपूर्णपोस्ट अनलाइनले जनाएको छ।

Share this story on

Messenger Pinterest LinkedIn