नेपाली

नेपालमा विभिन्न १० वस्तु आयातमा थप कडाइ

criPublished: 2022-07-18 15:31:30
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सरकारले थप कडाइसहित विभिन्न दस वस्तुको आयातमा लगाएको बन्देजलाई निरन्तरता दिएको छ। आगामी भदौ १४ गतेसम्मका लागि ती वस्तुको आयातमा बन्देज लगाइएको हो। सरकारले गत वैशाख १३ गतेदेखि असार मसान्तसम्मका लागि कुरकुरे, कुरमुरे, लेजजस्ता उत्पादन, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सूर्तीजन्य वस्तु, हीरा, छ सय अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइल सेट, ३२ इन्चभन्दा माथिका रङ्गीन टेलिभिजन, एम्बुलेन्स र शववाहनबाहेक जिप, कार र भ्यान, सबै प्रकार खेलौना र तासको आयात बन्देज लगाएको थियो । यिनै वस्तु आयातमा लगाइएको बन्देजलाई भदौ १४ गतेसम्मका लागि निरन्तरता दिने निर्णय असार ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो ।

राजपत्रमा एक सूचना प्रकाशन गर्दै सरकारले तीन सय अमेरिकी डलर (करिब ३८ हजार रुपियाँ)भन्दा माथिका स्मार्टफोन आयातमा बन्देज लगाएको हो । यसअघि वैशाख १३ गतेदेखि छ सय अमेरिकी डलरभन्दा माथिका स्मार्टफोन आयातमा प्रतिबन्ध लगाइएकोमा झन् कडाइ गरिएको हो । त्यस्तै १५० सीसीभन्दा माथिका मोटरसाइकलको आयातमा पनि सरकारले बन्देज लगाएको छ । यसअघि २५० सीसीभन्दा माथिका मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाइएको थियो । तर, साउन १ गतेभन्दा अगाडि बैङ्किङ माध्यमबाट आयात प्रक्रिया सम्पन्न भइसकेका तीन सयदेखि छ सय डलरसम्मका स्मार्टफोन र १५० सीसीदेखि २५० सीसीसम्मका मोटरसाइकलको हकमा यो व्यवस्था लागू हुने छैन। गोरखापत्र।

Share this story on

Messenger Pinterest LinkedIn