नेपाली

पार्किङका लागि राति काठमाडौंबाहिर लग्न थालियो जहाज

criPublished: 2022-06-29 16:31:16
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सोमबारदेखि विभिन्न कम्पनीका जहाजहरू काठमाडौंबाहिर तोकिएको आधार विमानस्थलमा रात्रि पार्किङका लागि जान थालेका छन्। सरकारले असार १३ (सोमबार) बाट काठमाडौंबाहिरका विमानस्थलमा रात्रि पार्किङका लागि पुग्नुपर्ने र पहिलो उडान त्यहीँबाट गर्नुपर्ने भनेसँगै करिब ९० प्रतिशत विमान बाहिर जान थालेका नेपाल भ्युज अनलाइनले लेखेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार अस्ति सोमबारबाट विमानहरू सरकारले तोकिदिएको आधार विमानस्थलमा रात्रि पार्किङका लागि जान थालेका हुन्।

हाल नौ वटा वायुसेवा कम्पनीका ५२ वटा जहाज सञ्चालनमा छन्। यीमध्ये १७ वटा जहाज काठमाडौंकै विमानस्थलमा बस्न पाउने छन्। ३५ वटा जहाज भने काठमाडौंबाहिर पुग्नुपर्नेछ। ती मध्ये कुन वायुसेवाका कति जहाज काठमाडौंबाहिर गए भन्नेबारे पुरा तथ्याङ्क आउन बाँकी रहेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताउनुभयो।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुयानको चाप बढ्दै गएको र क्षमताले धान्न नसकेकाले भन्दै सरकारले काठमाडौं बाहिरका विमानस्थलमा पार्किङका लागि आधार तोकेको हो। जसअनुसार काठमाडौंबाहिर तोकिएको आधार विमानस्थलमा विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टर रात्रि पार्किङका लागि पुग्नुपर्ने भनिएको थियो।

नागरिक उड्डयन प्राधिकरणले यही असार ५ गते हेलिकप्टर र हवाईजहाज लागि तोकिएको आधार विमानस्थलमा रात्रि पार्किङ गरी पहिलो उडान सोही विमानस्थलबाट गर्न निर्देशन दिएको थियो।

Share this story on

Messenger Pinterest LinkedIn