नेपाली

चीनसँगको नेपालको व्यापारघाटा २ खर्ब ४३ अर्ब रुपैयाँभन्दा बढी

criPublished: 2022-06-28 18:12:09
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालको वैदेशिक व्यापारका मुख्य दुई साझेदार मुलुकमध्ये भारतभन्दा चीनसँगको व्यापारघाटा अनुपात बढ्दै गएको छ। भारतबाट आयातसँगै निर्यात पनि बढ्दो क्रममा छ, तर चीनसँगको व्यापार भने एकपक्षीयजस्तै देखिएको कारोबार अनलाइनले लेखेको छ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिना (जेठ) सम्ममा नेपाल र चीनबीच २ खर्ब ४४ अर्ब ९५ करोड ५ लाख १४ हजार रुपैयाँबराबरको व्यापार भएको छ। जसमा चीनबाट नेपालमा २ खर्ब ४४ अर्ब २१ करोड १४ लाख ३९ हजार रुपैयाँ बराबरको वस्तु आयात भए पनि नेपालले चीनतर्फ भने जम्मा ७३ करोड ९० लाख ७५ हजार रुपैयाँको निकासी गर्न सकेको छ। यसरी चीनसँगको व्यापारमा नेपालले २ खर्ब ४३ अर्ब ४७ करोड २३ लाख ६३ हजार रुपैयाँ घाटा बेहोरेको छ।

भारतसँगको व्यापारमा परिमाणात्मक हिसाबले व्यापारघाटा बढी देखिए पनि प्रतिशतका आधारमा चीनभन्दा केही सन्तुलित देखिन्छ। विभागका अनुसार जेठसम्म भारतबाट नेपालले ११ खर्ब ९० करोड ३६ लाख ७१ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ भने १ खर्ब ४५ अर्ब ९० करोड १३ लाख २२ हजार रुपैयाँ बराबरको निकासी गरेको छ। भारतसँग नेपालको व्यापारघाटा ९ खर्ब ५५ अर्ब २३ लाख ४९ हजार रुपैयाँ रहेको देखिन्छ।

विभागको तथ्यांकअनुसार भारतसँग नेपालले कुल व्यापारमा ११.७ प्रतिशत निकासी र ८८.२९ प्रतिशत आयातको हिस्सा देखिन्छ। तर, चीनसँगको व्यापारमा भने निकासीको हिस्सा ०.३ प्रतिशतमात्र रहेको छ। चीनसँगको द्विपक्षीय व्यापारमा आयातको हिस्सा ९९.६९ प्रतिशत रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको वैशाखसम्म भारततर्फको निकासी ७२.९ प्रतिशतले वृद्धि हुँदा चीनतर्फको निर्यात भने २४.९ प्रतिशतले घटेको छ। नेपालको वैदेशिक व्यापारको सन्तुलन सुधारको दिशामा रहेको र अन्य मुलुकतर्फको निकासी समेत वृद्धि हुँदै गइरहेको छ। केन्द्रीय बैंकका अनुसार सोही अवधिमा चीन बाहेकका अन्य मुलुकतर्फको निकासीमा २५.६ प्रतिशतले वृद्धि भएको छ। नेपालबाट भारततर्फ पाम आयल, सोयाविन आयलसहित अलैंची, अदुवा, चियाजस्ता कृषिजन्य वस्तु निकासी हुँदै आएको छ। यसबाहेक जडिबुटीजन्य वस्तु पनि ठूलो परिमाणमा निकासी हुँदै आएको छ। चीनतर्फ भने कुकुर र बिरालोको खाना डग च्युसहित सौन्दर्य प्रशोधन, अगरबत्ती, साबुन, पेट बोटल, केही छालाजन्य सामग्री निकासी हुँदै आइरहेको छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn