नेपाली

जर्मनीले नेपाललाई सहयोगमा निरन्तरता दिने

criPublished: 2022-06-27 16:20:06
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जर्मनीले नेपाललाई द्विपक्षीय विकास सहयोगमा निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ। नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिन्जले नेपाल–जर्मनी द्विपक्षीय विकास सहयोगलाई सन् २०३० पछि पनि निरन्तरता दिने प्रस्ताव सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी दिनु भएको कान्तिपुर अनलाइनले लेखेको छ। उक्त विषयबारे जर्मनीका चान्सलर ओलाफ स्कोल्जले नेपालका प्रधानमन्त्री देउवालाई पठाएको पत्र राजदूत प्रिन्जले बालुवाटार पुगेर हस्तान्तरण गर्नु भएको हो।

नेपालको दिगो आर्थिक विकास, जलवायु तथा ऊर्जा र स्वास्थ्य क्षेत्रमा सहयोग जारी राख्न जर्मनीले चाँडै छलफल गर्ने पनि राजदूत प्रिन्जले बताउनु भएको छ। ‘जर्मनी र नेपाल साझा मूल्यमा विशेष गरी लोकतन्त्र, मानवअधिकार र बहुपक्षीयताप्रतिको हाम्रो प्रतिवद्धता बाँधिएको छ,’ उहाँले ट्वीटमा भन्नुभएको छ।

प्रधानमन्त्री देउवाले पनि उक्त पत्रलाई बुझेपछि आफ्नो धारणा बाहिर ल्याउनु भएको छ। ‘लामो समयदेखिको विकास साझेदारका रूपमा जर्मनीले हाम्रो प्राथमिकताका क्षेत्रहरू– ऊर्जा, स्वास्थ्य र व्यापार/लगानीलगायत नेपाललाई सहयोग गर्दै आएको छ,’ देउवाले ट्वीटमा उल्लेख गर्नु भएको छ, ‘म चान्सलर ओलाफ स्कोल्जलाई निरन्तर सहयोगको लागि फेरि प्रतिबद्धता गरेकोमा धन्यवाद दिन्छु। किनकि हामीले वातावरण मैत्री कोभिड पछिको आर्थिक पुनरउत्थान लागू गर्दछौँ।’

Share this story on

Messenger Pinterest LinkedIn