नेपाली

राष्ट्रिय जनराजनीतिक परामर्शदात्री सम्मेलनको १३ औं स्थायी समितिको २२औं बैठक सम्पन्न

criPublished: 2022-06-23 17:27:08
Share
Share this with Close
Messenger Pinterest LinkedIn

राष्ट्रिय जनराजनीतिक परामर्शदात्री सम्मेलनको १३ औं स्थायी समितिको २२ औं बैठक सम्पन्न जुन २२ तारिख पैचिङमा सम्पन्न भएको छ। हरित र कम कार्बन सहित उच्चगुणस्तरीय विकासलाई अघि बढाउने भन्ने त्यस बैठकको मुख्य विषय रहेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका स्थायी सदस्य एवम् राष्ट्रिय जन राजनीतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष वाङ याङले समापन समारोहको अध्यक्षता गर्दै सम्बोधन पनि गर्नुभएको छ।

अध्यक्ष वाङ याङका अनुसार, हरित र कम कार्बन सहित उच्चगुणस्तरीय विकासलाई अघि बढाउनु नै चीनको आर्थिक र सामाजिक दिगो विकास र चीन राष्ट्रको स्थायी विकास हुने आवश्यक बाटो रहेको छ। साथै जुन चिनियाँ कम्युनिष्ट पार्टीले ऐतिहासिक विकास प्रवृत्तिलाई कायम राख्ने र ऐतिहासिक भावनाको प्रचार प्रसार गर्ने एक महत्वपूर्ण साधन पनि हो।

हरित र कम कार्बन सहित उच्चगुणस्तरीय विकासलाई अघि बढाउनका लागि सिर्जनशील विकास बाटोलाई कायम राख्दै जाने कुरामा पनि अध्यक्ष वाङ याङले जोड दिनुभएको छ।

Share this story on

Messenger Pinterest LinkedIn