नेपाली

नेपाल-भारत धार्मिक रामायण सर्किटको रेल जनकपुर आउँदै

criPublished: 2022-06-23 17:23:39
Share
Share this with Close
Messenger Pinterest LinkedIn

रामायण यात्राका लागि भारतीय रेल नयाँदिल्लीबाट पयर्टक लिएर जनकपुर आउने भएको छ । ६ सय धार्मिक पर्यटक लिएर आउने रेलको स्वागतका लागि जनकपुरमा तयारी गरिएको छ । रामायण सर्किटमा सञ्चालन हुने ‘भारत गौरव टुरिस्ट रेल’ नन्दीग्राम, बनारस, प्रयागराज, चित्रकुट, नासिक, हम्पी, रामेश्वरम् र भद्राचलम, अयोध्या, सीतामढी हुँदै नेपाल–भारत सिमाना जयनगरबाट जनकपुर आइपुग्ने मधेस प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुघ्न महतोले बताउनुभयो।

रामायण सर्किट जोड्न विशेष रेलयात्रा दिल्लीबाट सुरु भएको हो । पर्यटकलाई जानकी मन्दिर, धनुषाधाम र जनकपुरमा दैनिक हुने गंगा आरतीमा सहभागी गराउने तयारी गरिएको मन्त्री महतोले बताउनुभयो। तीर्थालु लिएर आउने रेल तत्कालै भारत फर्किने कार्यक्रम रहेको कान्तिपुर अनलाइनले जनाएको छ ।

जनकपुर स्टेसनमा दिउँसो रेलमा आइपुग्ने पर्यटकलाई स्वागतको तयारी गरिएको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले बताउनुभयो। जनकपुर दर्शनका लागि आउने पर्यटकको सम्मानमा जानकी मन्दिर परिसरमा सांस्कृतिक कार्यक्रम पनि राखिएको छ । भारतीय रेलमा पर्यटक पहिलो पटक जनकपुर आउन लागेकाले नेपाल–भारत सिमाना र जनकपुरमा विशेष सुरक्षा नीति अपनाइएको छ । परराष्ट्र मन्त्रालयबाट आएको पत्रअनुसार भारतीय रेल र पर्यटकको सुरक्षा नीति तयार गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनुभयो। भारत र नेपाल जोड्ने पहिलो रेल नयाँदिल्लीबाट जनकपुर आउन लागेको हो ।

Share this story on

Messenger Pinterest LinkedIn