नेपाली

श्रीलंकाबाट नेपाल सर्‍यो विश्व बैंकको उपक्षेत्रीय कार्यालय

criPublished: 2022-06-22 18:09:06
Share
Share this with Close
Messenger Pinterest LinkedIn

विश्व बैंकको उपक्षेत्रीय कार्यालय श्रीलंकाबाट नेपालमा सरेको छ। अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंक प्रबन्ध निर्देशक मारी अल्का मान्जेस्तुले काठमाडौं दरबारमार्गमा रहने नेपालस्थित कार्यालयको संयूक्त रुपमा उद्घाटन गरेको कान्तिपुर अनलाइनमा खबर छ। यो कार्यालयको उद्घाटनपश्चात् श्रीलंकामा अवस्थित उपक्षेत्रीय कार्यालय विधिवत् रुपमा नेपालमा सरेको हो ।

अब यहीं कार्यालयबाट नेपाल, माल्दिभ्स र श्रीलंकाको कार्य संचालन हुनेछ। नयाँ उपक्षेत्रीय कार्यालयको निर्माण अन्तर्राष्ट्रिय मापदण्डमा आधारित भई सम्पन्न गरेको विश्व बैंकले जनाएको छ । नयाँ उपक्षेत्रीय कार्यालयको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखि भरपर्दो साझेदारका रुपमा रहेको बताउनुभयो।

‘विश्व बैंकले वित्तीय स्रोतलगायत ज्ञान, अनुभव र विश्वव्यापी असल अभ्यास पनि आदान प्रदान गर्दछ । विश्व बैंक अनुभवी र विषय विज्ञले भरिएको संस्थाका रुपमा चिनिँदै आएको छ’ उहाँले भन्नुभयो ‘त्यसको लाभ नेपालले पनि लिने विश्वास छ ।’ सन् १९६९ मा विश्व बैंकबाट नेपालले पहिलो पटक १७ लाख अमेरिकी डलर बराबरको सहयोग लिएकोमा हाल ३ अर्ब अमेरिकी डलर बराबर पुगेको छ । विश्व बैंकले नेपालका २५ आयोजनाहरुमा सहयोग गरेको छ । विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमले सन् २००७ देखि नै नेपालमा काम सुरु गरेको हो ।

Share this story on

Messenger Pinterest LinkedIn