नेपाली

नेपालको कुरिलो विदेश निर्यात

criPublished: 2022-06-20 18:01:15
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालमा उत्पादित कुरिलो अन्तर्राष्ट्रिय बजारमा समेत पुग्न थालेको छ। भरतपुर महानगरपालिका–२५ निवासी सुमन सुवेदीले उत्पादन गरेको कुरिलो अहिले दुबई र कतार पुगेको छ। एस पारा प्रालिका सञ्चालक सुवेदीले साताको दुई पटक आफ्नो उत्पादन बिक्रीका लागि विदेशसम्म जाने गरेको बताउनुभयो। उहाँले भन्नुभयो, 'यहाँको उत्पादन विदेशसम्म पुग्ने गरेको छ। मेरोमा किन्न आउनेमध्ये एक जना विदेशी ग्राहक छन्। उनले सातामा दुई पटक कुरिलो लाने गरेका छन्।' एक पटकमा ५० किलो कुरिलो विदेश जाने गरेको उहाँको भनाइ छ। आफूहरुले सिधै कुरिलो विदेश पठाउन भने नपाएको उहाँको गुनासो छ।

विगत छ वर्षदेखि कुरिलो उत्पादन गर्दै आएका सुवेदीले अहिले दैनिक ३० जनालाई रोजगारी दिँदै आएको कुरिलो व्यवसाय दुई बिगाह क्षेत्रफलबाट बढाउने तयारीमा रहेको जानकारी उहाँले दिनुभयो। कुरिलो व्यवसायबाट मात्रै वार्षिक रु २० लाख आम्दानी गर्ने गरेको छ भने वार्षिक १५ हजार किलो कुरिलो बिक्री गर्ने गरेको उहाँको भनाइ छ।

अहिले बजारमा कुरिलोको मूल्य प्रतिकिलो रु ३०० रहेको छ। कुरिलो मात्रै नभएर तरकारीमा विचौलिया नियन्त्रण हुनसके राम्रो मुनाफा हुने उहाँले बताउनुभयो।

कुरिलो र तरकारीलाई व्यावसायिकरुपमा खेती गर्दै गर्दा पनि अहिलेसम्म राज्यका कुनै निकायको यसतर्फ ध्यान जान नसकेको उहाँको गुनासो छ। उहाँले भन्नुभयो, 'राज्यले कृषिमा दिने अनुदान किसानको हितमा छैन।'

Share this story on

Messenger Pinterest LinkedIn