नेपाली

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रममा मेट्रोसम्मका योजना

criPublished: 2022-06-20 17:58:10
Share
Share this with Close
Messenger Pinterest LinkedIn

काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका बस स्टपमा पुराना मौलिक शैलीमा फल्चा निर्माण गर्नेदेखि उपत्यकाको मेट्रो स्थापानाको सम्भाव्यता अध्ययन गर्ने योजनासहितको नीति तथा कार्यक्रम ल्याएको छ। महानगरपालिकाका मेयर बालेन्द्र साहले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यात्रुहरूको बिश्रामका लागि बस स्टपमा फल्चा निर्माण गरिने बताउनुभएको छ। त्यस्तै मेट्रो स्थापानाको सम्भाव्यता अध्ययन सरकारी तथा अन्य निकयाहरूसँग सहकार्य गरिने उल्लेख छ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै साहले संघीय राजधानी काठमाडौंको विकास, सुधार र समृद्धिका लागि प्रस्तावित नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न आम महानगरवासी तथा सबै पेसा, व्यवसायमा आवद्धहरूको सहयोग, समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले प्रत्येक हप्ताको आइतबार महानगरपालिकाले जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने जनाउनुभयो। काठमाडौं महानगरपालिकाले फोहोरलाई पुनः प्रयोग र प्रशोधन गर्न स्रोतमा नै वर्गीकरण गर्ने व्यवस्था मिलाइने घोषणा गरेको छ। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन (बालेन्द्र) साहले कुहिने फोहोरलाई घरमै मल बनाउने महानगरवासीका लागि सोही प्रयोजनमा लाग्ने शुल्कमा विशेष सहुलियत दिने प्रबन्ध मिलाइने भन्दै स्रोतमै वर्गीकरण गर्ने घोषणा गर्नुभएको हो।

नागरिकन्यूज डटकमका अनुसार विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न सम्बद्ध विज्ञहरू रहेको समिति गठन गरी महानगर शिक्षा सुधार योजना तर्जुमा गरिने र माध्यमिक शिक्षामा आधारभूत प्राविधिक ज्ञान र सीप सहितको शिक्षा प्रदान गरी विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा सीपमा स्वरोजगार हुनसक्ने जनशक्ति तयार गर्ने नीति लिइने कार्यक्रममा उल्लेख छ। स्वास्थ्यमा महानगरपालिकामा कर तिरेका करदाताहरूको स्वास्थ्य बिमा गर्न आबश्यक प्रबन्ध मिलाइने र बिमा शुल्कको बढीमा ५० प्रतिशत अनुदान उपलब्ध गराइने महानगरले जनाएको छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn