नेपाली

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणले पर्यटक बढ्ने अपेक्षा

criPublished: 2022-05-16 15:51:59
Share
Share this with Close
Messenger Pinterest LinkedIn

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी भ्रमण गरेसँगै भारतीय पर्यटकको आगमनमा वृद्धि हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्री मोदी बुद्ध जयन्तीको अवसर पारेर आज सोमबार लुम्बिनी भ्रमणमा आउनु भएको छ। मोदीको भ्रमणपछि नेपालमा धार्मिक पर्यटकको आगमनमा उल्लेख्य वृद्धि हुने सरोकारवालाहरुले बताएका कारोबार अनलाइनले लेखेको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका साथै प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणले लुम्बिनीमा भारतीय तथा तेश्रो मुलुकका पर्यटकको आगमन वृद्धि हुने आशा गरेको होटल संघ नेपाल भैरहवा च्याप्टरका अध्यक्ष सीपी श्रेष्ठले बताउनुभयो। उहाँले भन्नुभयो, “प्रधामन्त्री मोदीको भ्रमणले लुम्बिनीको प्रचारप्रसारमा सहयोग पुग्ने र पर्यटक आगमनमा वृद्धि हुने विश्वास लिएका छौं।”

गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बुद्ध जयन्तीकै दिन भारतीय प्रधानमन्त्री मोदीको भ्रमणले ठूलो अर्थ राख्ने र यसले गर्दा पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यको भनाइ रहेको छ। मोदीले सन् २०१८ मे दोश्रो हप्ता जनकपुरपछि मुक्तिनाथको भ्रमण गर्नु भएको थियो। त्यसपछि मुक्तिनाथ भ्रमण गर्ने भारतीय तथा बाह्य पर्यटकको आगमन बढेर गएको थियो। भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणपछि मुक्तिनाथ यात्रा गर्ने भारतीय तीर्थयात्रीको संख्यामा दोब्बरले वृद्धि भएको होटल संघ नेपाल पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो। मोदीको लुम्बिनी भ्रमणले त्यहाँ पनि भारतीय पर्यटक आगमनमा वृद्धि हुने उहाँको अपेक्षा छ।

मोदीको भ्रमणसँगै नेपाल आउने पर्यटकको आगमनदरमा वृद्धि भएको लुम्बिनी विकास कोषका सद्भावना दूत विक्रम पाँडेकाजीले बताउनुभयो। “यसअघि नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर ओर्लेर आफू प्रधानमन्त्रीको रुपमा नभएर प्रधान तीर्थ यात्रीको रुपमा नेपाल भ्रमण गरेको बताउनु भएको थियो। त्यसले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण प्रभाव पारेको थियो,” उहाँले भन्नुभयो।

Share this story on

Messenger Pinterest LinkedIn