नेपाली

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङद्वारा चीन–अफ्रिका सहयोग मञ्च शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन

cri2024-09-05 11:37:55

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङद्वारा चीन–अफ्रिका सहयोग मञ्च शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन"; var guid = "3e8af44dbbb84f9d875a6c9f0d6b9c84";

सेप्टेम्बर ५ तारिख बिहान, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले बेइजिङमा आयोजित चीन-अफ्रिका सहयोग मञ्च शिखर सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुनुभई मुख्य सम्बोधन गर्नुभएको छ।

सो अवसरमा राष्ट्राध्यक्ष सीले चीन र अफ्रिकाबीचको मित्रता समय, अन्तरिक्ष, पहाड र समुन्द्र पार गर्दै एक पुस्तादेखि अर्को पुस्तासम्म पुगेको उल्लेख गर्नुभयो। उहाँले विस्तृत रुपमा व्याख्या गर्दै भन्नुभयोः सन् २००० मा चीन-अफ्रिका सहयोग मञ्चको स्थापना नै चीन-अफ्रिका सम्बन्धको इतिहासमा एउटा महत्वपूर्ण कोसेढुङ्गा हो। विगत २४ वर्षमा, विशेष गरी नयाँ युगमा, चीन र अफ्रिकी दाजुभाइ दिदीबहिनीहरूले इमानदारी, सत्यनिष्ठा, मित्रता र इमानदारीको भावनामा हातेमालो गर्दै एकअर्कालाई सहयोग गर्दै आएका छौँ। नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्धको उदाहरण प्रस्तुत गरेका छौँ।

राष्ट्राध्यक्ष सी चिनफिङले चीनसँग कूटनीतिक सम्बन्ध भएका सबै अफ्रिकी मुलुकसँगको द्विपक्षीय सम्बन्धलाई रणनीतिक सम्बन्धको स्तरमा उकास्ने र चीन-अफ्रिका सम्बन्धको समग्र स्थितिलाई नयाँ युगमा सदाबहार चौतर्फी रूपमा संयुक्त भाग्य समुदायमा स्तरोन्नती गर्ने घोषणा गर्नुभयो ।

चीन र अफ्रिकाले "६ वटा आधुनिकीकरण" लाई बढाउन सँगै काम गर्नु पर्दछ भन्ने पुष्टि राष्ट्राध्यक्ष सीले गर्नुभयो। यसबारे चर्चा गर्दै उहाँले भन्नुभयोः निष्पक्ष र उचित आधुनिकीकरणलाई बढाउन सँगै काम गर्नुपर्छ, खुला र साझा-जीत आधुनिकीकरणलाई बढाउन सँगै काम गर्नुपर्दछ, जनताको प्राथमिकता आधारित आधुनिकीकरणलाई बढाउन सँगै काम गर्नुपर्छ, विविधता र समावेशिताको आधुनिकीकरणलाई बढाउन सँगै काम गर्नुपर्छ, पर्यावरण मैत्री आधुनिकीकरणलाई बढाउन सँगै काम गर्नुपर्छ र शान्ति तथा सुरक्षाको आधुनिकीकरणलाई बढाउन सँगै काम गर्नुपर्छ।

चीन–अफ्रिका सहयोगबारे चर्चा गर्दै राष्ट्राध्यक्ष सीले भन्नुभयोः आगामी ३ वर्षमा चीन-अफ्रिका सहयोगलाई प्रगाढ बनाउन १० वटा साझेदारीको कार्यान्वयन मिलेर गर्ने इच्छा चीनले लिएको छ। ती १० वटा साझेदारी कार्य यस प्रकार छन्- आधुनिक सभ्यताको पारस्परिक सिकाइका साझेदारी, व्यापार र समृद्धिका साझेदारी, औद्योगिक शृङ्खलाका साझेदारी, कनेक्टिभिटीका साझेदारी, विकासका साझेदारी, स्वास्थ्यका साझेदारी, कृषि प्रवद्र्धनका साझेदारी र जनतालाई फाइदा पुर्याउने साझेदारी, जनता–जनताबीचको आदानप्रदानका साझेदारी, हरित विकासका साझेदारी र सुरक्षा निर्माणका साझेदारी, जसले गर्दा अफ्रिकासँग मिलेर विश्वव्यापी दक्षिणको आधुनिकीकरणको नेतृत्व गर्न सकिने छ।

राष्ट्राध्यक्ष सीले अगाडि भन्नुभयोः अफ्रिकामा एउटा उखान छ, 'सहयात्री भनेको साँचो मित्र हो। आधुनिकीकरणको बाटोमा कोही पनि पछाडि पर्नु हुँदैन र कुनै पनि देश पछाडि पर्नु हुँदैन । आउनुहोस्, हामी २.८ अर्बभन्दा बढी चिनियाँ र अफ्रिकी जनताको महान् शक्तिलाई एकताबद्ध गरेर आधुनिकीकरणको यात्रामा हातेमालो गरौँ। विश्वव्यापी दक्षिणको आधुनिकीकरणमा सहयोग गर्न चीन–अफ्रिका आधुनिकीकरणको उपयोग गरौँ। मानव विकासको इतिहासमा नयाँ चित्र कोरौँ र संयुक्त रूपमा विश्वलाई शान्ति, सुरक्षा, समृद्धि र प्रगतिको उज्ज्वल भविष्यतर्फ अघि बढाऔँ।

Close
Messenger Pinterest LinkedIn