नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा सर्बियाको भ्रमण सुरू

cri2024-05-08 07:23:09

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा सर्बियाको भ्रमण सुरू"; var guid = "bba30570332949218a121a90a55fb009";

सर्बियाका राष्ट्रपति अलेक्सान्डर भुचिचको निमन्त्रणामा, स्थानीय समयअनुसार मे ७ तारिख राति चीनका राष्ट्राध्यक्ष सी चिनफिङ विशेष विमानद्वारा बेल्ग्रेड पुगेर सर्बियाको राजकीया भ्रमण थाल्नुभएको छ।

राष्ट्राध्यक्ष सीको विशेष विमान सर्बियाको वायु क्षेत्रमा प्रवेश गरेपछि सम्मानमा सर्बियाका दुई सैन्य विमानले सुरक्षा गरेका छन्। सर्बियाका राष्ट्रपति अलेक्सान्डर भुचिच दम्पत्ति, भूतपूर्व राष्ट्रपति तोमिस्लाभ निकोलिक दम्पत्ति, सभापति र प्रधानमन्त्रीले विमानस्थलमा उहाँहरूको हार्दिक स्वागत गर्नुभएको छ। विशेषतायुक्त स्वागत समारोहमा सर्बियाका बालबालिकाले राष्ट्राध्यक्ष सी चिनफिङ र श्रीमति फङ लियुआनलाई फूलका गुच्छा दिनुका साथै सर्बियाली सर्वसाधारणले नाचगानद्वारा स्वागत गरेका छन्।

राष्ट्राध्यक्ष सीले लिखित सम्बोधन गर्नुभएको छ। उहाँले चीन सरकार र जनताको प्रतिनिधित्व गरेर मैत्रिपूर्ण सर्बिया सरकार र जनतालाई हार्दिक अभिवादन र शुभकामना दिनु भएको छ।

सन् २०१६ मा दुई देशले चौतर्फी रणनीतिक साझेदारी सम्बन्ध स्थापनादेखि द्वीपक्षीय सम्बन्धमा फड्को मारी विकास गरेर ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। दुई देशको राजनीतिक विश्वास ढुङ्गाजस्तै दृढ छ। साझा रूपमा “बेल्ट एण्ड रोड”को उच्च गुणस्तरीय निर्माणमा उपलब्धि फलदायी छ। नयाँ ऐतिहासिक सुरूवातमा चीनले सर्बियासँग अझ शक्तिशाली, व्यापक र उच्च गुणस्तरी सहयोगको नयाँ अवस्थाको सिर्जना गर्ने इच्छा राखेको छ। उहाँले यो भ्रमणमार्फत् राष्ट्रपति भुचिचसँग द्वीपक्षीय सम्बन्ध र अन्य साझा अभिरूचि विषयबारे गहन रूपमा वैचारिक आदानप्रदान गर्नुका साथै सम्बन्धको नयाँ योजना बनाउने प्रतीक्षा व्यक्त गर्नुभएको छ।

विमानस्थलबाट होटलसम्मको बाटोमा सर्बियामा बसोबास भएका चिनियाँ मूल विदेशी तथा प्रबासी चिनियाँहरू, सर्बियामा अध्यायनरत् चिनियाँ विद्यार्थीहरू र सर्बियाका बासिन्दाहरूले स्वच्छ रूपमा चीन र सर्बियाका राष्ट्रिय झण्डा फहराउँदै राष्ट्राध्यक्ष सीको हार्दिक स्वागत गरेका छन्।

Close
Messenger Pinterest LinkedIn