नेपाली

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र फ्रान्सका राष्ट्रपति म्याक्रोन बीच वार्ता

cri2024-05-07 09:53:38

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र फ्रान्सका राष्ट्रपति म्याक्रोन बीच वार्ता"; var guid = "70fc1c68649346419252252ce7db7da2";

स्थानीय समयअनुसार मे ६ तारिख अपराह्न चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पेरिसस्थित एलिसी प्यालेसमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग वार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले चीन र फ्रान्सको दौत्य सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सवको उपलक्ष्यमा फ्रान्सको तेस्रोपटकको राजकीय भ्रमण गर्नपाएकोमा खुशी लागेको बताउनुभयो। सीले यस पटकको भ्रमणमार्फत राष्ट्रपति म्याक्रोनसँग दुई मुलुकको सम्बन्धको अर्को साठी वर्षको नयाँ प्रक्रिया शुरू गर्ने, विश्व शान्ति तथा स्थिरता र मानव विकास तथा प्रगतिका लागि नयाँ योगदान दिने आशा व्यक्त गर्नुभयो।

सीकाअनुसार, दुई पक्षले स्वतन्त्रता, पारस्परिक समझदारी, पारस्परिक हित र साझा विजयको सम्बन्धमा दुई मुलुकको दौत्य सम्बन्ध स्थापना भएको प्रारम्भिक इच्छालाई पालना गर्नुपर्नेछ। चीन र फ्रान्सले स्वतन्त्रता पालना गर्नुपर्ने, पारस्परिक रुपमा समझदारी गर्नुपर्ने र विश्वको मेलमिलापयुक्त अस्तित्वलाई संयुक्त रुपमा अगाडि बढाउनुपर्ने पनि सीले बताउनुभयो।

सीले जोड दिनुभएअनुसार, फ्रान्ससित रणनैतिक आदानप्रदान कायम राख्न, पारस्परिक मुख्य हितको कदर गर्न तथा द्विपक्षीय सम्बन्धको रणनैतिक स्थीरतालाई दृढ बनाउन चीन इच्छुक रहेको छ। साथै द्विपक्षीय व्यापार सन्तुलित तुल्याउनका लागि पारस्परिक हितकर सहयोगमा निहित शक्ति उकास्न पनि चीन इच्छुक रहेको छ।

सीले अगाडि भन्नुभयो: चीन तथा फ्रान्स विशाल सांस्कृतिक मुलुक भएकाले मानव आदानप्रदानलाई द्रुत बनाउनुपर्छ। चीन-फ्रान्स सांस्कृतिक तथा पर्यटकीय वर्षबारेका अनेकौँ कार्यक्रमको राम्ररी आयोजना गर्नुपर्ने र पूरातात्विक वस्तुको संयुक्त संरक्षण तथा मर्मत र विश्व सम्पदाको आदानप्रदान आदि सहयोगलाई सक्रियताका साथ बढाउनुपर्छ। फ्रान्ससित एआईको व्यवस्थापन तथा अन्तर्राष्ट्रिय बैँकिङ प्रणालीको सुधार आदि क्षेत्रको आदानप्रदानलाई सबल पार्न चीन इच्छुक छ।

म्याक्रोनले यस वर्ष फ्रान्स तथा चीनले फ्रान्स-चीन दौत्य सम्बन्ध स्थापना भएको ६०औँ वार्षिकोत्सवलाई संयुक्तरूपमा धुमधामसित मनाउने बताउनुभएको छ। फ्रान्स-चीन रणनैतिक साझेदारी सम्बन्धबाट अझ बढी उपलब्धि हासिल गर्नका लागि चीनसित द्विपक्षीय आर्थिक सम्बन्ध र बहुपक्षीय आदानप्रदान तथा सहयोगलाई अझ घनिष्ठ बनाउन फ्रान्स इच्छुक रहेको छ। साथै बहुपक्षीयवाद,संयुक्त राष्ट्र सँघको बडा पत्र तथा अन्तर्राष्ट्रिय कानूनको संयुक्त संरक्षण गर्नका लागि जलवायुको परिवर्तन, जीवित प्राणीको विविधताको संरक्षण तथा एआई आदि विश्वव्यापी विषयबारे चीनसित बढी आदानप्रदान तथा सहयोग गर्न फ्रान्स इच्छुक रहेको छ।

दुई पक्षले युक्रेन सँकट तथा प्यालेष्टाइन-इजरेल विवाद लगायत साझा चासोमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयबारे वैचारिक आदानप्रदान गरेको छ।

दुई पक्षले मध्य-पूर्व परिस्थिति、एआई、विश्वव्यापी व्यवस्थापन、जीवित प्राणीको विविधताको संरक्षण तथा समुद्र 、कृषि आदानप्रदान तथा सहयोगबारे चार वटा संयुक्त वक्तव्य सार्वजनिक गर्नुका साथै हरित विकास、वायु、कृषि खाद्यपदार्थ、वाणिज्य मामिला तथा मानव संस्कृति आदि क्षेत्रमा लगभग बीस वटा द्विपक्षिय सहयोगात्मक दस्ताबेजमा हस्ताक्षेर गरेका छन्।

वार्तापछि सी चिनफिङ तथा म्याक्रोनले संयुक्तरूपमा पत्रकारसित साक्षात्कार पनि गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn