नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा भियतनामको राष्ट्रिय सभाका अध्यक्ष ओङ डिन्ह ह्युसँग भेट

cri2023-12-13 14:40:07

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा भियतनामको राष्ट्रिय सभाका अध्यक्ष ओङ डिन्ह ह्युसँग भेट"; var guid = "c9f7a725a31340d6acc1c1c4f4554d09";

डिसेम्बर १३ तारिख, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हनोई राष्ट्रिय सभा भवनमा भियतनामको राष्ट्रिय सभाका अध्यक्ष ओङ डिन्ह ह्युसँग भेटवार्ता गर्नुभएको छ। राष्ट्राध्यक्ष सीले ६ वर्षपछि फेरि भियतनामको भ्रमण गर्दा भियतनामको आर्थिक सामाजिक विकासमा देखिएको जीवन्त शक्ति देखेर खुशी लागेको व्यक्त गर्नुभएको छ। भियतनामलाई आफ्नो अवस्थाअनुरूप समाजवादी बाटोमा हिँड्न चीनले दृढ समर्थन गर्ने तथा महासचिव गुयेन फू त्रोङ केन्द्रित भियतनाम कम्युनिष्ट पार्टीको नेतृत्वमा भियतनामको जनताले समाजवाद निर्माण र सिर्जनामा निरन्तर उपलब्धि हासिल गर्ने विश्वास लिएको पनि उहाँले व्यक्त गर्नुभयो।

यस वर्ष चीन र भियतनाम बीच सम्पूर्ण रणनैतिक साझेदारी सम्बन्ध स्थापना भएको १५औँ वार्षिकोत्सव भएको औँल्याउँदै राष्ट्राध्यक्ष सीले आउने समयमा दुवै पक्षले विभिन्न क्षेत्रका सहयोग र आदानप्रदानलाई अघि बढाउने तथा चीन भियतनाम भाग्य एकरूपताको निर्माणमा शक्ति थप्ने बताउनुभएको छ।

Close
Messenger Pinterest LinkedIn