नेपाली

‘बेल्ट एण्ड रोड’ प्रस्तावद्वारा नयाँ विकासको मौका दिइएको

cri2023-10-11 14:23:28

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "‘बेल्ट एण्ड रोड’ प्रस्तावद्वारा नयाँ विकासको मौका दिइएको"; var guid = "c420dd82a9b8477198f66516dc0c90c3";

ली सिन, एक पाकिस्तानी युवा हुन्। चीनको छिङ ह्वा विश्वविद्यालयमा पढ्दाखेरी उनले सहपाठी सँगसँगै मिलेर राष्ट्राध्यक्ष सी चिनफिङलाई चिठ्ठी लेखेका थिए र छोटो समयमा उनीहरूले राष्ट्राध्यक्ष सीको जवाफ प्राप्त गरेका छन्।

धेरै वर्षदेखि चीनमा बस्दैआएका ली सिन चीनका धेरै गरिबी क्षेत्रमा आएको विशाल परिवर्तनको साक्षी बनेका छन्। उनले‘चीनको गरिबी निवारण योजनाले विश्वसमक्ष एउटा उदाहरण प्रस्तुत गर्नुका साथै विकासोन्मुख मुलुकलाई नयाँ शक्ति दिएको’बताएका छन्।

सानैदेखि ली सिनलाई थाहा छ कि चीन पाकिस्तानको मित्रता पहाडभन्दा अग्लो छ, समुद्रभन्दा गहिरो छ र महभन्दा मीठो छ। चीनले पाकिस्तानको सहयोग र‘बेल्ट एण्ड रोड’ प्रस्तावको व्यवहारमा ली सिनलाई चीन आउने मौका उपलब्ध गराएको हो।

राष्ट्राध्यक्ष सीले विश्वव्यापी युवालाई प्रोत्साहन गर्दै आउनुभएको छ किनकि उहाँले विश्वलाई एकताबद्ध गर्ने इच्छा लिनुभएको छ, ली सिन भन्छन्, विश्वमा यस्तो महान नेता थोरै हुनुहुन्छ।

Close
Messenger Pinterest LinkedIn