नेपाली

भित्री मङ्गोलियाको आधुनिक सिँचाइ

cri2023-06-07 10:52:44

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "भित्री मङ्गोलियाको आधुनिक सिँचाइ"; var guid = "bc655cce84d34f418fd622841a46601f";

जुन ६ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भित्री मङ्गोलियाको हथाउ सिँचाइ क्षेत्रको पानी निगरानी केन्द्रको निरीक्षण गर्नुभएको छ।

हथाउ सिँचाइ क्षेत्र भित्री मङ्गोलियामा बग्ने पीत नदीको उत्तर किनारमा अवस्थित छ। चीनका तीनवटा विशाल सिँचाइ क्षेत्रहरूमध्येको एक हथाउ सिँचाइ क्षेत्रमा पूर्णरूपमा सातौँ स्तरीय सिँचाइ प्रणालीको स्थापना भएको छ। यस क्षेत्रमा ७ लाख ७० हजार हेक्टरको सिँचाइ क्षेत्रफल पुगेको छ। सन् २०१९ मा यस सिँचाइ क्षेत्रलाई विश्व सिँचाइ परियोजना सम्पदा सूचीमा राखिएको छ।

हालै उक्त सिँचाइ क्षेत्रलाई आधुनिकीकरण र सुधार गर्दै पानी निगरानी केन्द्रको स्थापना गरिएको हो। केन्द्रमा विशाल डाटा केन्द्र, पानी वितरण प्रणाली आदि प्रबन्धको स्थापना भएपछि सिँचाइ क्षेत्रको वैज्ञानिक व्यवस्थापन शक्ति उकासिनुकासाथै पानी स्रोतको प्रयोग पनि बढेको छ।

Close
Messenger Pinterest LinkedIn