नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा हपै प्रान्तको छाङचौ सहरको निरीक्षण

cri2023-05-12 09:54:22

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा हपै प्रान्तको छाङचौ सहरको निरीक्षण"; var guid = "1a2ed717d6ba4cd08ae0b79f3e5b73e3";

मे ११ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हपै प्रान्तको छाङचौ सहरमा स्थानीय क्षारीय गहुँ खेती तथा ह्वाङ हवा बन्दरगाहको निरीक्षण गरी स्थानीय क्षारीय भूमिमा गहुँको रोपण व्यवसाय तथा बन्दरगाहको सञ्चालन र विकासको योजनाबारे जानकारी लिनुभएको छ।

छाङचौ सहरको क्षारीय भूमिमा ६६ हजार ८ सय हेक्टरको गहुँ रोपिएको छ। सन् २०२२ मा क्षारीय गहुँको कूल उत्पादन मात्रा २ लाख २३ हजार टन पुगेको छ। राष्ट्राध्यक्ष सीका अनुसार, चीनले १२ करोड हेक्टरको कृषि योग्य भूमिको प्रत्याभूत गर्नुपर्छ, ३ करोड हेक्टरको क्षारीय भूमिको प्रयोग गर्ने हो भने चीनले खाद्यन्नको सुरक्षामा अहम् भूमिका निर्वाह गर्ने छ।

छाङचौ सहरको दोस्रो गन्तव्यको रूपमा राष्ट्राध्यक्ष सी ह्वाङ ह्वा बन्दरगाहको कोइला क्षेत्र जानुभएको छ। गत वर्ष ह्वाङह्वा बन्दरगाहको कोइला क्षेत्रमा कोइलाको उत्खनन् मात्रा २१ करोड टन पुगेको छ र लगातार ४ वर्षदेखि चीनको पहिलो स्थानमा रहेको छ। साथै, राष्ट्राध्यक्ष सीले ह्वाङह्वा बन्दरगाहको विकास तथा योजनाको बारेमा जानकारी लिनुभएको छ।

Close
Messenger Pinterest LinkedIn