नेपाली

आधुनिक यु कोङ

cri2023-03-02 10:22:57

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "आधुनिक यु कोङ"; var guid = "dee34bc010af4cc79d5e9a4d27caf0e3";

यु कोङले पहाडलाई सारेको किंवदन्ती चीनमा सबैलाई थाहा छ। प्राचीन चीनमा यु कोङ नामको मानिसले घरअगाडि एउटा अग्लो पहाड भएकोले बाहिर जान कठिन भएपछि आफ्ना सन्तानसँग मिलेर निरन्तर पहाड खनेका थिए। उद्देश्य साकार तुल्याउन दृढताका साथ निरन्तर प्रयास गरिरहनेलाई यु कोङको भावना पनि भनिन्छ।

हाल, चीनको कान सु प्रान्तमा एउटा मानिसको समूहलाई आधुनिक यु कोङ भनिएको छ। ४० वर्ष अगाडि कान सु प्रान्तको कु लाङ जिल्लामा बालुवाको आँधी सामान्य थियो र मरूभूमिले प्रतिवर्ष ७.५ मिटरको गतिले वरिपरिका खेत र गाउँलाई ढाक्दैआएको थियो। सन् १९८१ मा स्थानीय ६ जना मानिसहरू मिलेर मरूभूमिमा रूख रोप्न थालेका थिए। ४० वर्षयता तीन पुस्ताको प्रयासमा स्थानीय बासिन्दाहरूले मरूभूमिलाई जंगलमा परिणत गरेका थिए। उनीहरूले १६ हजार ८ सय हेक्टर क्षेत्रफलसम्म जंगल विस्तार गरेर हरित कृषि व्यवसाय पनि स्थापना गरेका छन्।

सन् २०१९ अगस्ट महिनामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ पनि यस जंगल फार्ममा जानुभएको थियो। राष्ट्राध्यक्ष सीले तीन पुस्ताको प्रयासमा मरूभूमिबाट उर्वरभूमिमा परिणत गर्न सफल रहेको कामको उच्च प्रशंसा गर्नुका साथै स्थानीय जंगल संरक्षकलाई ‘आधुनिक यु कोङ’ भन्नुभएको थियो।

Close
Messenger Pinterest LinkedIn