नेपाली

मीठो एक्सप्रेस

cri2023-02-28 10:48:30

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "मीठो एक्सप्रेस"; var guid = "77b9668a38fd4873a532433616d8e5cc";

सुखमय जीवनको मापदण्ड के छ? चिनियाँ उपभोक्ताको जवाफः जब चेरी खाने मन हुन्छ तब आयात गरिएको राम्रो चेरी किन्न पाइन्छ।

चिली विश्वको सबैभन्दा ठूलो चेरी निर्यात मुलुक हो। चीन चिलीको चेरीको सबैभन्दा ठूलो उपभोग बजार हो। तर पहिले टाढाको ढुवानीको महँगो लागत र भन्सारको जटिल पद्धतिका कारण चिलीका चेरी व्यवसायी हर्नन गार्सेसको टाउको दुःखाइ बनेको थियो। अहिले ताजा राखिने प्रविधिको विकास सँगसँगै भन्सारको‘मीठो एक्सप्रेस’को द्रुत सेवामा चिलीदेखि चीनसम्म २३ दिनमा चिलीको चेरी चिनियाँ उपभोक्तामाझ पुग्ने गरेको छ। यो समय अवधि दश वर्षअगाडिको भन्दा १० दिन छिटो भएको छ।

गार्सेसको अनुसार, चिनियाँ अन्तर्राष्ट्रिय एक्स्पोले विदेशी कम्पनीलाई मौका प्रदान गरेको छ। विगत ४ वर्षदेखि उनको कम्पनीले एक्स्पोमा निरन्तर भाग लिएको छ। उनको विचारमा चीनका राष्ट्राध्यक्ष सीको भनाइ सही भएर खुला अर्थतन्त्र विश्व वाणिज्यकालागि हितकर छ।

तथ्यांकका अनुसार, सन् २०२२ का अघिल्ला तीन त्रैमासिकमा चीनले २ अर्ब २३ करोड अमेरिकी डलर बराबरको ३ लाख १० हजार टन चेरी आयात गरेको थियो। गार्सेस जस्तै अरू व्यवसायीहरू पनि मौका र अवसर समातेर चिनियाँ उपभोक्तामाझ पुगेका छन्।

Close
Messenger Pinterest LinkedIn