नेपाली

एउटा सानो गाउँको पुनर्जन्म

cri2023-02-24 14:50:10

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "एउटा सानो गाउँको पुनर्जन्म"; var guid = "993861c99a3f40439ae46f3b9faa6cad";

छिउ ली छिङ चीनको चच्याङ प्रान्तको लुच्या गाउँका प्रमुख हुन्। उनका अनुसार, २० वर्ष अगाडि लुच्या गाउँको सरसफाइ अवस्था सारा जिल्लामा सबभन्दा खराब थियो। गाउँको पुनर्जन्म ‘हजार र दश हजार परियोजना’बाट शुरू भएको थियो, उक्त परियोजना चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सन् २००३ मा चच्याङ प्रान्तीय सचिवका पदमा शुरू गराउनु भएको थियो।

उक्त परियोजनामा हजार सुन्दर नमूना गाउँको स्थापना गर्दै दश हजार गाउँको सरसफाइ अवस्थालाई सुधार पारिएको थियो। यस परियोजनामार्फत स्थानीय स्वच्छ नदी र हरित पहाडको संरक्षण गर्नुका साथै गाउँलेलाई सुन चाँदीको नदी र पहाड सिर्जना गरिएको थियो। अझ धेरै युवाहरूले लु च्या गाउँमा आफ्नो व्यवसायको स्थापना गरेका छन्।

लु च्या गाउँको पुनर्जन्मको सफलताबाट सन् २०१८ को सेप्टेम्बर २७ तारिख, छिउ ली छिङले चच्याङ किसानको तर्फबाट संयुक्त राष्ट्र संघको पुस्कार लिई चिनियाँ गाउँको परिवर्तन भएको कथा विश्वलाई सुनाएकी थिइन्। उनको अनुसार, ‘हजार र दश हजार परियोजना’बाट दशौँ हजार सुन्दर चिनियाँ गाउँको सिर्जना गरिएर लु च्या गाउँ यी मध्येको एक उदाहरण बनेको छ।

Close
Messenger Pinterest LinkedIn