नेपाली

आमा र छोराको प्रगाढ माया-ममता--सी चिनपिङ र उहाँकी आमाको कथा

cri2022-05-08 15:54:11

var _player_width = 747; var _player_height = 373; var _posterimg = ""; var _title = "आमा र छोराको प्रगाढ माया-ममता--सी चिनपिङ र उहाँकी आमाको कथा"; var guid = "00c5921d2c604fa3b30ea5a48ba6db94";

"आमाको हातमा धागो छ र घुमक्कडको शरीरमा लुगा छ। ढिलो फर्कन्छ कि भन्ने चिन्ता बोकेकी आमाले म हिँड्नु अगाडि राम्ररी सिलाइदिनुभयो।"

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सुनाउनुभएको यो कविता १२ सय वर्षअघि चीनको थाङ वंशका प्रसिद्ध कवि मङ च्याओले लेखेका हुन्। यो कविता लेख्दा कवि ५० वर्षका थिए। आधा शताब्दी बितेपछि कविलाई सबैभन्दा धेरै याद गर्ने कुरा लामो यात्राअघि उनका लागि लुगा सिलाइदिने आमा थिइन्। आफ्ना सन्तानप्रतिको आमाको माया र आफ्नो घर परिवारबाट छुटिएर टाढा पुगेकाहरूको सम्झना यस कवितामा स्पष्ट रूपमा वर्णन गरिएको छ।

एउटा चिनियाँ भनाइ छ "जीवनको जग आमाको शिक्षाबाट सुरु हुन्छ" जसको अर्थ बच्चाको पहिलो र उत्कृष्ट शिक्षा आमाबाट पाउँछ। चिनियाँहरूले प्राचीन कालदेखि नै आमाको अभिभावकीय दयाको कदर गर्दै आइरहेका छन्। सी चिनफिङले सुनाउनुभएको यो कविताबाट आफ्नी आमाप्रतिको प्रगाढ माया व्यक्त गरिएको छ।

Close
Messenger Pinterest LinkedIn