नेपाली

पैचिङ हिउँदे ओलम्पिक खेलकुदको भ्रमणमा राष्ट्राध्यक्ष सी विज्ञान तथा प्रविधिको नवीन सिर्जनामा केन्द्रित

cri2021-01-20 16:39:50

जनवरी १९ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चाङच्याखौमा पैचिङ हिउँदे ओलम्पिक खेलकुदको तयारी कार्यको निरीक्षण गर्ने बेलामा विज्ञान तथा प्रविधिको नवीन सिर्जनाको महत्वबारे धेरै पटक दोहोर्याउनुभएको छ।

राष्ट्रिय स्की जम्पिङ केन्द्रको भ्रमण गर्दा सीले कृत्रिम बुद्धिमत्ता सहायता प्रणालीबाट तालिम स्तर बढाएकोमा प्रशंसा गर्नुभयो। उहाँले मुलुक विकास जस्तो हो कि चीनको हिउँ खेल पनि विज्ञान तथा प्रविधिको नवीन सिर्जनात्मक बाटोमा हिड्नुपर्ने कुरामा जोड दिनुभयो।

राष्ट्रिय बायथोन केन्द्रको भ्रमण गर्दा सीले पैचिङ हिउँदे ओलम्पिक खेलकुद सुरू हुन एक वर्षभन्दा लामो समय बाँकी भएको अवसरमा सबै प्रतियोगिता भवनको निमार्ण कार्य पूरा भएका छन् भने पैचिङ-चाङच्याखौ, पैचिङ-छुङली उच्च-गति रेल पनि संचालनमा ल्याइएको छ साथै विश्व अग्रस्थानमा पनि बसेको छ जसबाट चीनको संस्थागत श्रेष्ठता देखिएको उल्लेख गर्नुभयो।

Close
Messenger Pinterest LinkedIn