नेपाली

सी चिनफिङद्वारा संयुक्त राष्ट्र संघ स्थापनाको ७५ औँ वार्षिकोत्सव शिखर सम्मेलनलाई महत्वपूर्ण सम्बोधन

cri2020-09-22 09:59:11

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टम्बर २१ तारिख संयुक्त राष्ट्र संघ स्थापनाको ७५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित शिखर सम्मेलनलाई महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

आफ्नो सम्बोधनमा राष्ट्राध्यक्ष सीले ७५ वर्षअघि विश्वका जनताले अथक प्रयासमार्फत फासिस्टविरुद्धको विश्व युद्धमा विजय प्राप्त गरेको बताउँदै त्यो न्यायोचित विजय हुनुका साथै जनताको विजय भएको औँल्याउनुभएको छ।

साथै चिनियाँ राष्ट्राध्यक्ष सीले आगामी दिनहरूमा विशेषत: महामारीपछिको युगमा संयुक्त राष्ट्र संघले आफ्नो भूमिका कसरी निर्वाह गर्नुपर्छ भन्ने सन्दर्भमा चार बुँदे प्रस्ताव पनि प्रस्तुत गर्नुभएको छ।

पहिलो, ठूला र साना मुलुकहरूले एक अर्काको सम्मान गर्नुपर्छ।

दोस्रो, गम्भीर रुपमा कानूनी व्यवस्थाको अक्षरश: पालना गर्नुपर्छ।

तेस्रो, सहकार्यको प्रबर्द्धन गर्नुपर्छ।

र चौथो, वास्तविक गतिविधिमा ध्यान दिनुपर्छ।

हाल विश्व एउटा नयाँ ऐतिहासिक शुरुआतमा बिन्दुमा रहेकाले बहुपक्षीयतावादको सँरक्षण गर्नुका साथै संयुक्त राष्ट्र संघको प्रारुपमा अझ विशाल एकता र प्रगतिलाई साकार तुल्याउने कुरामा पनि उहाँले जोड दिनुभएको छ।

Close
Messenger Pinterest LinkedIn