नेपाली

सी चिनफिङ र इटालीका राष्ट्रपति माटारेल्लाद्वारा संयुक्त रूपमा विदेशबाट फर्किएका सांस्कृतिक अवशेषहरूको प्रशंसा

cri2024-11-09 16:50:44

नोभेम्बर ८ तारिख साँझ चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र इटालीका राष्ट्रपति माटारेल्लाले पैचिङको जनबृहत् सभाभवनमा विदेशबाट फर्किएका सांस्कृतिक अवशेषहरूको संयुक्त रूपमा प्रशंसा गर्नुभयो।

इटालीले आफ्नो घरेलु सांस्कृतिक अवशेष बजारमा कब्जा गरेको, हराएको सांस्कृतिक अवशेषको प्रतिनिधिको रूपमा चीनमा फिर्ता गरेको माच्यायाउ सांस्कृतिक भाँडाहरू माटारेल्लाले सी चिनफिङलाई परिचय गराउनुभयो।

सन् २०१९ मा इटाली भ्रमण गर्दा इटालीले अवैध रूपमा हराएको ७९६ चिनियाँ सांस्कृतिक अवशेष चीनलाई फिर्ता गरेको सी चिनफिङले दुई देशबीचको सांस्कृतिक सम्पदा सहकार्यमा नयाँ कोसेढुङ्गा खोलेको र सांस्कृतिक पुनःस्थापना र फिर्तामा अन्तर्राष्ट्रिय सहयोगको नयाँ उदाहरण खडा गरेको बताउनुभयो। यस पटक इटालीले चीनको सांस्कृतिक सम्पदाप्रतिको सम्मान र चीन-इटाली मित्रताको ज्वलन्त उदाहरण प्रदर्शन गर्दै हराएका ५६ वटा सांस्कृतिक अवशेष चीनलाई फिर्ता गरेको छ।

Close
Messenger Pinterest LinkedIn