नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा मकाउका नवनियुक्त महाप्रशासक साम हौ फाईसँग भेटघाट

cri2024-11-02 16:57:48

नोभेम्बर १ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जन बृहत् सभा भवनमा नयाँ नियुक्त एवम् केन्द्रीय सरकारद्वारा मनोनित मकाउ विशेष प्रशासनिक क्षेत्रका छैटौँ महाप्रशासक साम हौ फाईसँग भेटघाट गर्नुभएको छ।

भेटका अवसरमा राष्ट्राध्यक्ष सीले “एक देश दुई व्यवस्था” देश र जनताको मुलभूत हितसँग मेल खाएको र मकाउको मुलभूत हित अनुकूल हुने राम्रो व्यवस्था हो भन्दै केन्द्रीय सरकारले निरन्तर, सम्पूर्ण र निश्चित रूपमा “एक देश दुई व्यवस्था”लाई व्यवहारमा उतार्नुका साथै मकाउवासीले मकाउको शासन गर्ने उच्च स्वतन्त्र कार्यनीतिलाई प्रत्याभूति दिलाउँदै जाने कुरामा जोड दिनुभएको छ।

त्यस क्रममा साम हौ फाईले राष्ट्राध्यक्ष सी चिनफिङ र केन्द्रीय सरकारको नेतृत्वमा दृढताका साथ “एक देश दुई व्यवस्था”लाई व्यवहारमा उतारेर देशको सार्वभौमिकता, सुरक्षा र विकास हितको संरक्षण गर्नुका साथै मकाउका विभिन्न कार्यलाई विकसित पार्दैजाने अठोट व्यक्त गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn