नेपाली

सी चिनफिङद्वारा लाओसका राष्ट्राध्यक्षसँग भेट

cri2024-10-23 11:05:42

२२ तारिख राति चीनका राष्ट्राध्यक्ष सी चिनफिङले काजानमा लाओस जन क्रान्तिकारी पार्टी केन्द्रीय समितिका महासचिव एवं राष्ट्राध्यक्ष थोङ्लोनसँग भेट-वार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले समाजवादी देश र मित्रताको रूपमा रहेको चीन-लाओस सम्बन्ध चीनको वरिपरिको कूटनीतिमा विशेष महत्वपूर्ण स्थानमा रहेको तथा भाग्य समुदाय रचनाको अग्रस्थानमा रहेको उल्लेख गर्नुभयो। सीले अन्तर्राष्ट्रिय स्थिति जे जसरी परिवर्तन भए तापनि चीन सधैँ नै लाओसको विश्वासनीय साथी तथा साझेदारी भएको कुरामा जोड दिनुभयो। चीनले लाओससँग रणनीतिक आपसी विश्वासलाई सुदृढ गरी व्यावहारिक सहयोगलाई गहन पारेर चीन-लाओस भाग्य समुदाय रचना गर्न अघि बढाउने इच्छा लिएको पनि सीले व्यक्त गर्नुभयो। सी चिनफिङले दुवै पक्षले चीन-लाओस रेलमार्गको विकास र चीन-लाओस आर्थिक कोरिडर निर्माणलाई अघि सार्नुका साथै वेल्ट एन्ड रोडको संयुक्त रूपमा निर्माण गर्ने सहयोग नमूना बनाउनुपर्ने दोहोर्याउनुभयो।

थोङ्लोनले लामो समययता चीनले लाओसलाई दिएको मुल्यवान समर्थनबाट लाओसको आर्थिक तथा सामाजिक विकासलाई धेरै बढाइएको भन्दै लाओस-चीन रेलमार्ग र लाओस-चीन आर्थिक कोरिडर निर्माणलाई अरू बढाएर लाओस-चीन भाग्य समुदायको रचना गर्ने अपेक्षा आफूले लिएको व्यक्त गर्नुभयो। लाओस पार्टी र सरकार एक चीन नीतिमा अडिग रहेर राष्ट्रिय केन्द्रिय हितको संरक्षण गर्न चीन सरकारलाई समर्थन गरी थाइवान, हङकङ, सिनच्याङलगायतका विषयमा चीनको अडानलाई समर्थन गर्ने कुरामा उहाँले जोड दिनुभयो।

Close
Messenger Pinterest LinkedIn