नेपाली

चिनियाँ राष्ट्राध्यक्षको ओलम्पिक भावना

cri2024-07-25 16:49:10

दुई महिनाअघि चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले पेरिसको एलिसी दरबारमा फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोनसँग भेटवार्ता गर्नुभएको थियो। सो अवसरमा राष्ट्राध्यक्ष सीले भन्नुभयो:“फ्रान्स एक खेलकूदको बलियो मुलुक हो। पेरिस ओलम्पिक खेलकूदले सफलता पाउने आशा लिएको छु। चीनले उच्च स्तरीय खेलाडी समूहलाई यस प्रतियोगितामा भाग लिन पठाउने छ।”

“ओलम्पिक खेलकूदले मानव जातिको शान्ति,एकता,प्रगतिप्रति लिएको सुन्दर आवश्यकतालाई बोक्ने गर्छ।” दीर्घकालदेखि राष्ट्राध्यक्ष सीले विभिन्न राष्ट्रहरुसँगको सम्बन्धको विकासका लागि खेलकूदलाई सञ्चार माध्यमका रुपमा लिँदै ओलम्पिक खेलकूद कार्यको विकासलाई सकेसम्म प्रयास गर्दै आउनुभएको छ। सन् २००८ बेइजिङ ओलम्पिक,पारा ओलम्पिक खेलकूदको संयोजन काम निर्देशक समूहका प्रमुखदेखि सन् २०२२ बेइजिङ हिउँदे ओलम्पिक खेलकूद,हिउँदे पारा ओलम्पिक खेलकूदको सफल संयोजनसम्म सी चिनफिङले ओलम्पिक खेलकूदप्रति गहिरो भावना सिर्जना गर्नुभएको छ। यस वर्षको मे महिनामा राष्ट्राध्यक्ष सीले फ्रान्सको भ्रमणको अवसरमा सम्बोधन गर्दै भिन्न सभ्यताप्रति सम्मान दिने,पारस्परिक सम्झना,मित्रता र एकताबद्ध समेटिएको ओलम्पिक भावनाको प्रचारप्रसार गरेको देखिन्छ।

Close
Messenger Pinterest LinkedIn