नेपाली

सी चिनफिङ र ताजिकिस्तानका राष्ट्रपतिबीच ठूलो परिधिको वार्ता

cri2024-07-05 20:54:02

जुलाइ ५ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले दुशान्बेमा ताजिकिस्तानका राष्ट्रपति राहमोनसँग ठूलो परिधिको वार्ता गर्नुभएको छ।

सी चिनफिङले राष्ट्रपति राहमोनको नेतृत्वमा ताजिकिस्तानमा निश्चित विभिन्न राष्ट्रिय विकास लक्ष्य पक्कै पूरा हुने विश्वास आफूले लिएको उल्लेख गर्नुभयो।

सी चिनफिङले नयाँ स्थितिमा चीनले ताजिकिस्तानसँग नयाँ युगमा व्यापक रणनीतिक सहयोग साझेदारी सम्बन्धको विकास गरी अझ उचाइमा चीन-ताजिकिस्तान भाग्य समुदायको रचना गर्ने इच्छा लिएको व्यक्त गर्नुभयो। उहाँले चीन-ताजिकिस्तान मैत्रीपूर्ण आपसी हितयुक्त सहयोगलाई बढाउन चीन अडिग रहने भन्दै अन्तर्राष्ट्रिय स्थिति जसरी परिवर्तन भए पनि चीन सधैँ नै ताजिकिस्तानको विश्वासनीय साथी, भरपर्दो साझेदारी र घनिष्ठ दाजु-भाइ रहने बताउनुभयो।

Close
Messenger Pinterest LinkedIn