नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र उज्वेकिस्तानका राष्ट्रपति मिरचेयेभ बीच भेटवार्ता

CRI2024-07-04 09:49:40

जुलाई ३ तारिख, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अस्टानामा शाङहाई सहयोग संगठन शिखर मञ्चमा भाग लिनुअघि उज्वेकिस्तानका राष्ट्रपति मिरचेयेभसँग भेटवार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले चालु वर्ष जन गणतन्त्र चीन स्थापना भएको ७५औँ वार्षिकोत्सव भएको भन्दै चीनमा चिनियाँ शैलीको आधुनिकीकरणलाई द्रुत रूपमा प्रवर्द्धन गरिरहेको र उज्वेकिस्तानले“उज्वेकिस्तानको २०३०” रणनीतिक उद्देश्यलाई विस्तृत रूपमा अघि बढाइरहेको बताउनुभयो।

उहाँले भन्नुभयो, हाम्रा उद्देश्यहरू भव्य हुन् तर सामान्य पनि हुन्, जुन जनताको जीवनलाई सुखद बनाउनु हो। चीनले उज्वेकिस्तानसँग मिलेर दुई देशको भविष्य र जनताको लाभका लागि देश बीचको सम्बन्धको उच्च गुणस्तरीय विकासलाई अघि बढाउने छ।

उहाँले चीनले दुई देशबीच पर्यटन, शिक्षा लगायतका विविध क्षेत्रको आदानप्रदानलाई विस्तृत समर्थन गरेको औँल्याउँदै उज्वेकिस्तानलाई मुख्य अतिथि देशको रूपमा ७औँ चिनियाँ अन्तर्राष्ट्रिय आयात प्रदर्शनीमा भाग लिन स्वागत पनि गर्नुभएको छ। चीनले उज्वेकिस्तानसँग मिलेर शाङहाई सहयोग संगठनको विकास दिशा र विभिन्न पक्षहरूको साझा लाभ प्राप्तिका लागि चीन-मध्य एशिया सीयान शिखर मञ्चका उपलब्धिहरूलाई द्रुतसँग कार्यान्वयन गर्न र समन्वय सुदृढ पार्न इच्छुक रहेकोमा पनि जोड दिनुभयो।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति राजनैतिक ब्यूरोका सदस्य छाइ छी, वाङयी पनि सो भेटवार्तामा सहभागी हुनुभएको छ।

Close
Messenger Pinterest LinkedIn