नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङ तथा ट्युनिसियाका राष्ट्रपति बीच भेट-वार्ता

CRI2024-05-31 15:15:06

मे ३१ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङस्थित जन बृहत् सभा भवनमा चीनको राजकीय भ्रमणमा रहनुभएका र चीन-अरबेली मुलुक सहकार्य मञ्चको दशौँ मन्त्री स्तरीय सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुनुभएका ट्युनिसियाका राष्ट्रपति कैस साइदसँग भेट-वार्ता गर्नुभएको छ। दुवै देशका राष्ट्रनायकले चीन-ट्युनिसिया रणनीतिक साझेदारी सम्बन्धको स्थापना गर्ने घोषणा गर्नुभएको छ।

वार्ता क्रममा राष्ट्राध्यक्ष सीले ट्युनिसियासँगै मिलेर चीन-अरब सहकार्य मञ्च र चीन-अफ्रिका सहकार्य मञ्चको राम्रोसँग स्थापना गर्दै चीन-अरब सम्बन्धको भावी विकासलाई नयाँ जीवन्त शक्ति थपेर हातमा हात मिलाउँदै उच्चस्तरीय चीन-अफ्रिका भाग्य एकरूपताको निर्माण गर्दै जान चीन इच्छुक रहेको कुरामा जोड दिनुभयो।

प्रत्युत्तरमा राष्ट्रपति साइदले चीनसित घनिष्ट सहकार्य गर्नुका साथै प्रभुत्ववाद र प्रतिद्वन्दी अवस्थाको विरोध गर्दै अझ समान र सुमधुर विश्वको सिर्जना गर्दै जान ट्युनिसिया इच्छुक रहेको औँल्याउनुभएको छ।

भेट-वार्ता सम्पन्न भएपछि दुवै पक्षले “जन गणतन्त्र चीन र गणतन्त्र ट्युनिसिया बीच रणनीतिक साझेदारी सम्बन्ध स्थापना गरिने संयुक्त वक्तव्य” जारी गरेका छन्।

Close
Messenger Pinterest LinkedIn