नेपाली

एक चिट्ठीको जवाफद्वारा हङ्गेरी युवाहरूका सपनाको फूल फुल्दै

CRI2024-05-06 11:15:11

बुडापेस्टस्थित हङ्गेरी–चिनियाँ भाषा स्कुल युरोपको मध्य-पूर्वी क्षेत्रको एकमात्र चिनियाँ र स्थानिय गरी दुवै भाषा प्रयोग हुने स्कुल हो। यो स्कुल सन् २००४ सेप्टेम्बरमा स्थापना गरिएको हो, १ देखि १२ सम्मका कक्षारहरू, यसै गरी २० वटा सेक्सन र ५३० जना विद्यार्थीहरू छन्।

सो स्कुलका प्राध्यापक सुजानका अनुसार, यो स्कुलले दुई देशबीचको गहिरो मित्रतालाई अझै धेरै र स्पष्ट रूपमा सांस्कृतिक आदानप्रदालाई बढाएको छ।

सन् २०२३ को नयाँ वसन्त चाडअघि, यो स्कुलका दुईजना विद्यार्थी प्रतिनिधिहरूले चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र सीकी पत्नी फङ लियूआनलाई चिट्ठी पठाएका थिए। चिट्ठीमा उनीहरूले आ-आफ्ना चिनियाँ भाषा सिक्ने प्रक्रिया बताउँदै चीनको विश्वविद्यालयमा सिक्ने इच्छा व्यक्त गरेका थिए। राष्ट्राध्यक्ष सी चिनफिङले जवाफी चिट्ठीमा युवाहरूले निरन्तरताका साथ चिनियाँ भाषा सिक्दै र चीन-हङ्गेरीबीचको मित्रतामा योगदान दिने इच्छा लिएको थाहा पाएपछि आफूलाई खुशी लागेको उल्लेख गर्दै युवाहरूको प्रशंसा गर्नुभएको छ।

हाल ती दुई हङ्गेरी युवतीहरू बेइजिङमा पढ्दै छन् र चिनियाँ इतिहास र संस्कृतिको खोजको यात्रामा अघि बढेका छन्।

Close
Messenger Pinterest LinkedIn