नेपाली

सी चिन फिङको छोङ छिङ यात्रा - छोङ छिङ अन्तर्राष्ट्रिय रसद केन्द्र पार्क

cri2024-04-23 17:05:28

अप्रिल २२ तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङले पश्चिमको नयाँ भू-समुद्री करिडोरको निर्माणको अवस्थाबारे जानकारी लिनका लागि चीनको छोङ छिङ शहरको अन्तर्राष्ट्रिय रसद केन्द्र पार्कको अवलोकन गर्नुभएको छ।

सो अन्तर्राष्ट्रिय रसद केन्द्र पार्क छोङ छिङ शहरको शा पिङ बा जिल्लामा अवस्थित छ। यो केन्द्र चीन-युरोप मालवाहक रेलहरू तथा पश्चिमी भूमि-समुद्री नयाँ करिडोर रेल-समुद्रको संयुक्त यातायात रेलहरूको सुरुवाती स्टेशन हो। हाल यो केन्द्रको क्षेत्रफल २२ वर्ग किलोमिटर पुगेको जनाइएको छ।

Close
Messenger Pinterest LinkedIn