नेपाली

सी चिनफिङद्वारा नयाँ युगमा मध्य क्षेत्रको उदयलाई अगाडि बढाउने सम्बन्धी गोष्ठीको अध्यक्षता

cri2024-03-21 10:11:35

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले मार्च २० तारिख हु नान प्रान्तीय छाङशा शहरमा नयाँ युगमा मध्य क्षेत्रको उदयलाई अगाडि बढाउने सम्बन्धी गोष्ठीको अध्यक्षता गर्नुका साथै सम्बोधन गर्नुभएको छ।

सी चिनफिङले मध्य क्षेत्र चीनको महत्वपूर्ण अन्नबाली उत्पादन आधार क्षेत्र, ऊर्जा स्रोतको कच्चा-पदार्थको आधार क्षेत्र, आधुनिक प्रबन्धको उत्पादन तथा उच्च प्रविधि व्यवसायको आधार क्षेत्र र यातायातको हब रहेको औँल्याउँदै चीनमा महत्वपूर्ण स्थान ओगटेको बताउनुभयो।

सी चिनफिङले वैज्ञानिक र प्राविधिक नवप्रवर्तनले व्यवसायको नव प्रवर्तनलाई निर्देश गर्ने, नयाँ गुणस्तरीय उत्पादन शक्तिलाई सक्रियताका साथ विकास गर्ने बताउनुभयो। उहाँले पर्यावरणीय वातावरणको संरक्षण र हरित तथा कम कार्वनयुक्त विकासलाई अगाडि बढाउने र सुन्दर मध्य क्षेत्रको निर्माण गर्न गति प्रदान गर्ने पनि बताउनुभयो। साथै उहाँले अन्नबाली र ऊर्जा स्रोतको सुरक्षा प्रत्याभूति क्षमतालाई माथि उकास्न प्रयास गर्ने बताउनुभयो।

Close
Messenger Pinterest LinkedIn