नेपाली

चीनका दुई राष्ट्रिय अधिवेशनपछि सी चिनफिङको पहिलो क्षेत्रीय निरीक्षणमा के केमा नजर?

cri2024-03-19 15:02:24

मार्च १८ तारिख अपरान्ह चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हु नान प्रान्तको छाङशा शहरको निरिक्षण गर्नुभएको छ। चालू वर्षका दुई राष्ट्रिय अधिवेशनपछि सी चिनफिङले क्षेत्रीय निरीक्षण गर्नुभएको यो पहिलो पटक हो।

हु नान प्रान्त मध्य क्षेत्रको अर्थतन्त्रको ठूलो प्रान्त हो। गत वर्ष हु नान प्रान्तको कुल आर्थिक मात्रा पहिलो पटक ५० खर्ब चिनियाँ युआनभन्दा बढी पुगेको थियो। सी चिनफिङले हु नान प्रान्तमा निरीक्षण गर्दै उच्च गुणस्तरको विकास क्षेत्रमा नयाँ उपलब्धि हासिल गर्ने कुरामा जोड दिनुभयो।

सोही दिन अपरान्ह सीले हु नान फस्ट नोर्मल विश्वविद्यालयअन्तर्गत छङ नान शु युआन क्याम्पसको निरीक्षण पनि गर्नुभएको छ। हु नान फस्ट नोर्मल विश्वविद्यालयको आदर्श वाक्य भनेको “जनताका गुरू बन्नका लागि सर्वप्रथम जनताकालागि विद्यालय बन्नुपर्छ” भन्ने हो। यो माउ च तोङले सन् १९५० मा आफूले अध्ययन गरेको विद्यालय अर्थात् हु नान फस्ट नोर्मल विश्वविद्यालयका लागि प्रस्तुत गर्नुभएको थियो।

सी चिनफिङले निरीक्षण गर्नुभएको दोस्रो स्टेशन बिएएसएफ शानशान ब्याट्री सामग्री कम्पनी लिमिटेड हो। यो कम्पनी जर्मनीको रसायन कम्पनी बिएएसएफ र चिनियाँ कम्पनी शानशानले सन् २०२१ मा संयुक्त रुपमा स्थापना गरेको कम्पनी हो। त्यहाँ राष्ट्राध्यक्ष सीले स्थानीय क्षेत्रले नयाँ गुणस्तरीय उत्पादन शक्तिको विकास गर्न गति प्रदान गरेको विषय र उच्च स्तरीय बाह्य खुलापनलाई विस्तार गरेको अवस्थाबारे जानकारी लिनुभएको छ।

Close
Messenger Pinterest LinkedIn