नेपाली

सी चिनफिडद्वारा रुसी राष्ट्रपति पुटिनसँग भेटवार्ता

cri2023-10-18 16:55:49

अक्टोबर १८ तारिख बिहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङले तेस्रो "बेल्ट एण्ड रोड" अन्तर्राष्ट्रिय सहकार्य शिखर सम्मेलनमा भाग लिन चीन आउनुभएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग चिनियाँ जन बृहत् भवनमा भेटवार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले राष्ट्रपति पुटिन पुरानो साथी भएको भन्दै तेस्रो "बेल्ट एण्ड रोड" अन्तर्राष्ट्रिय सहकार्य शिखर सम्मेलनमा भाग लिने क्रममा चीनमा स्वागत गरेको औँल्याउनुभयो। उहाँले भन्नुभयो, एकअर्काको घरेलु कूटनीतिक कार्यक्रममा सहभागी हुनु हाम्रो धेरै वर्षदेखि चल्दैआएको राम्रो परम्परा हो र राष्ट्रपतिले "बेल्ट एण्ड रोड" अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलनमा लगातार तीनपटक भाग लिनुभएबाट "बेल्ट एण्ड रोड" प्रस्तावको संयुक्त निर्माणका लागि रुसको बलियो समर्थन देखाएको छ।

सी चिनफिङले रुससँग मिलेर दुई देशको विकास, अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायको रक्षा गर्न तथा विश्वको साझा विकासलाई प्रवर्द्धन गर्न चीन इच्छुक रहेको पनि बताउनुभयो।

Close
Messenger Pinterest LinkedIn