नेपाली

अफ्रिकी आधुनिकीकरण कस्तो छ? राष्ट्राध्यक्ष सी चिनफिङको भनाइ

cri2023-08-25 17:05:00

अगष्ट २४ तारिख राति चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र दक्षिण अफ्रिकी राष्ट्रपति मातामेला रामाफोसाले जोहनस्वर्गमा संयुक्त रूपमा चीन अफ्रिका नेतागण संवार्ताको अध्यक्षता गर्नुभएको छ। सो अवसरमा राष्ट्राध्यक्ष सीले “हातमा हात मिलाउँदै आधुनिकीकरण कार्यलाई अघि बढाउनुका साथै सँगै मिलेर चीन अफ्रिकाको सुमधुर भविष्यको सिर्जना गरौँ” शीर्षकमा सम्बोधन पनि गर्नुभएको छ।

सन् २०१३ मा सी चिनफिङ चीनका राष्ट्राध्यक्ष नियुक्त हुनुभएपछि अफ्रिकालाई आफ्नो पहिलो भ्रमणका रूपमा छनोट गर्नुभएको थियो। त्यस भ्रमण अवधिमा उहाँले साँचो, वास्तविक, सदिच्छापूर्ण र खुलस्त अफ्रिका सम्बन्धी चीनको नीतिगत विचारधारा प्रस्तुत गर्नुभएको थियो।

बितेका १० वर्षयता चीनले अफ्रिकाको विकासका लागि अधिकांश सहायता प्रदान गर्दै आएको छ। चीन अफ्रिका नेतागणको संवार्तामा अफ्रिकाको आधुनिकीकरण हुने बाटोमा सँगै हिँड्ने साझेदार बन्न चीन इच्छुक रहेको कुरा बताउँदै राष्ट्राध्यक्ष सीले अफ्रिकी विकासका लागि सघाउ पुग्ने अनेकन् योजना र कदम पनि प्रस्तुत गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn