नेपाली

चिनियाँ राष्ट्राध्यक्षद्वारा ब्रिक्सका लागि सकारात्मक शक्ति प्रदान

cri2023-08-24 16:53:51

अगस्ट २३ तारिख ब्रिक्स नेता स्तरीय १५ औँ वार्तामा भाग लिएका पाँच राष्ट्रका नेताहरुले वर्तमान विश्व नयाँ परिवर्तित सुधारमा प्रवेश गरेको सहमति गरेका छन्। ब्रिक्स विकासका गथतिमा लाग्ने छ र यसले जटिल विश्वका लागि सुनिश्चित सिर्जना गर्नेछ भन्ने विषय यस वार्ताको मुख्य विषय बनेको छ। यसप्रति चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले ब्रिक्स राष्ट्रहरु अन्तर्राष्ट्रिय प्रारुप सिर्जना गर्ने मुख्य शक्ति रहेको भन्दै स्वतन्त्र रुपमा विकास विकासको बाटो छनौट गर्दै संयुक्त रूपमा विकासको अधिकारको रक्षा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। यसले मानव समाजको विकास दिशालाई प्रतिनिधित्व गर्दछ। यसले विश्वको विकास प्रक्रियामा गहिरो प्रभाव पार्ने छ।

हाल ब्रिक्स राष्ट्रहरुले विश्वको कुल क्षेत्रफलको एक तिहाइ ओगटेको छ। ब्रिक्स जनसंख्याले विश्वको कुल जनसंख्याको ४० प्रतिशतले ओगटेको छ, र कूल आर्थिक मात्राले विश्वको एक चौथाइ ओगटेको छ। यस वार्तामा २० भन्दा बढी राष्ट्रहरुले ब्रिक्सको सदस्य बन्न आवेदन गरेका छन् जसबाट ब्रिक्सको आकर्षण शक्ति र अन्तर्राष्ट्रिय मामिलामा लिएको रणनीतिक मूल्यलाई पूर्ण रूपमा देखाएको छ। यस सम्बन्धमा राष्ट्राध्यक्ष सीले ब्रिक्सको खुलापन, समावेशीता र साझा फाइदाको भावना लिँदै अझ धेरै देशहरू ब्रिक्स परिवारमा भाग लिन स्वागत गर्नसक्ने कुरा बताउनुभएको छ।

Close
Messenger Pinterest LinkedIn